डडेल्धुरा- सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला भएको हिमपातका कारण तेस्रो पटक अवरुद्ध बनेको सडकमा सवारी चल्न थालेका छन्।
हिमपातले अवरुद्ध सडकमा बिहीबार साँझबाट सवारी चल्न थालेका हुन्।
डडेल्धुराको भीमदत्त राजमार्ग अन्तर्गगत सदरमुकाम अमरगढी भालुमारे, अमजमेरु गाउँपालिको अनारखोली बजारमा भएको हिमपातका कारण सडक अवरुद्ध भएको थियो।
यसैगरी, गन्यापधुराको साहुँखर्क, हगुल्डे, मेलखर्क, डोटीको गैर, घण्टेश्वरलगायतका स्थानमा भएको हिमपतालका कारण यात्रु अलपत्र परेका थिए।
तर बिहीबार साँझबाट सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुरा जानकारी दिएको छ।
बुधबार बिहान २ बजेबाट सुरु भएको हिमपातका कारण सुदूरपश्चिमका विभिन्न जिल्लाबाट आएका यात्रु अलपत्र परेका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।