काठमाडौं– बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१)सरकारले उल्टायो स्मार्ट र स्याटलाइट टेलिकमको लाइसेन्स खारेजको निर्णय, बक्यौता बुझाउन किस्ताबन्दीको सुविधा, ट्रंकलाइन तथा डेडिकेटेड फिडरको समस्या अध्ययन गर्न ५ सदस्यीय समिति गठन ।
२)कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरुले देउवासँग गरे छलफल, केन्द्रीय समितिको निर्णय नसच्याउने दाबी, मिलेर जान तयार हुने प्रतिबद्धता ।
३)भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएसँगै उद्योग मन्त्रालय र व्यवसायीबीच छलफल, प्रतिबन्धबारे नै स्पष्ट भएन, प्रतिबन्ध नेपाललक्षित हो–होईन स्पष्ट पारिनुपर्ने व्यवसायीको भनाइ ।
४)सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मीद्वारा सरस्वती युथ क्लबमाथि १–० गोल अन्तरको जित, जितसँगै शीर्ष स्थानमा उक्लियो आर्मी क्लब ।
५)र, इरानसँग ‘बिनासर्त गम्भीर वार्ता गर्न’ वाशिङ्टन तयार, राष्ट्रपति ट्रम्पलाई संसद्को अनुमति बिना इरानविरुद्ध युद्ध स्वीकृत गर्ने अधिकार नियन्त्रण सम्बन्धमा मतदान हुँदै ।
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।