तेहरान- इरानले मंगलबार तीन स्थानबाट १६ वटा छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको अमेरिकी रक्षामन्त्री मार्क एस्पेरले बुधबार बताएका छन्।
एस्परले पत्रकारलाई १६ वटा मिसाइलहरुमध्ये ११ आएन अल असद हवाई शिविरमा र अर्को इर्बिल नजिकैको शिविरमा प्रक्षेपण गरिएको र यस प्रक्षेपणबाट त्रिपाल, ट्याक्सीवे, पार्किंङ्ग स्थल र एक हेलिकप्टर क्षतिग्रस्त भएको बताएका छन्।
इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरुमा इरानले गरेको क्षेप्यास्त्र आक्रमणपछि पनि अमेरिकी सेनातर्फ कुनै क्षति हुन नपाएको जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएरातिको सम्बोधनमार्फत दिएको केही समयपछि इरानले यो क्षेप्यास्त्र हानेको हो।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले मंगलबार इरानले इराकमा संयुक्त गठबन्धन सेनाको कम्तीमा दुईवटा सैन्य शिविरमा एक दर्जनभन्दा बढी ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको पुष्टि गरेको छ। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।