• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

जब आफ्नै आमाले २० दिनको छोरो दुई हजारमा बिक्री गर्ने निर्णय गरिन् 

64x64
नेपाल लाइभ बिहीबार, पुस २४, २०७६  १६:२७
1140x725

राँची- यो समयमा टाटा कम्पनीको कूल नाफा १० अर्ब (१०० विलियन) डलरभन्दा धेरै छ। यसका संस्थापक जमशेदजी टाटाको नाममा सन् १९१९ मा तत्कालीन विहारमा जमशेदपुर नामको सहर नै बसाइएको थियो। टाटा कम्पनीकै मालिकको नाममा राखिएको यो सहरमा गत मंगलबार एक महिलाले भोकबाट बचाउन आफ्नो २० दिनको बच्चा बिक्री गरेको घटना सार्वजनिक भएको छ। 

झारखण्डको यो सहरमा एक आमाले आफ्नो बच्चालाई दुई हजार रुपैयाँमा बिक्री गरेकी हुन्। यसकाे कारण हो भोक र जाडोबाट बच्न उनीसँग पैसा छैन र भविष्यमा हुने आश पनि छैन। 

दैनिक भिख मागेर गुजारा गर्दै आएकी ती महिलाले आफ्नो बच्चा बिक्री नगर्ने हो भने भोक र जाडोकै कारणले आफ्नो मृत्यु हुने निश्चित रहेकाे बताइन्। टाटानगर स्टेशनबाहिर चाइबासा स्टान्डमा स्कुटी चढेर तीन मानिस उक्त बच्चा किन्न आएका थिए।

तिनीहरू युवक, युवती र एक वृद्धा थिए। आरक्षण केन्द्रको पछाडि बसेकी एक महिला जो सफाइ कर्मचारीको ड्रेसमा थिइन्‚ उनले वृद्ध महिलालाई झोलाबाट निकालेर स्वीटर दिइन्। त्याे खरिद गरिएको बच्चालाई लगाइदिइन्।

बच्चाको आमाको हातमा केही पैसा राख्दै उनीहरुले बच्चालाई स्कुटरमा राखेर लगे। भीख माग्ने ती महिलाको तीन वर्षकी छोरी पनि छिन्। आमा छोरी दुवै सडकमा बसेर भिख माग्ने गर्छन्।  बच्चा बेचेको सूचना पाएर रेलकर्मीले उनलाई यसबारे सोधपुछ गरेका थिए। उनले यदि आफ्नो बच्चा नबेचे भोक र  ठण्डीले सबै परिवार नै मर्ने दाबी गरेकी थिइन्।

यो कुरा सञ्चार माध्यममा आएपछि झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनले यस विषयलाई अनुसन्धान गर्न निर्देशन दिएका छन्। उनले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै घटनाको बारेमा अध्ययन गर्न आफूले निर्देशन दिएको बताए। जमशेदपुर रेल डिएसपी नूर मुस्तफाले बच्चा २० दिनको भएको बताए। महिलाले आफ्नो बच्चा स्टेशन सफाइकर्मी बिकी मुखीलाई दिएको पाइएको छ।

बिकीले आफ्नो सालीको बच्चा नभएकाले उनलाई पाल्ने गरी लिएकी हुन्। यो घटना सार्वजनिक भएर जब अनुसन्धान सुरु भयो तब उनले उक्त बच्चा फिर्ता दिइन्। भिख मागिरहेकी महिला अहिले एक्लै छन्। श्रीमानले उनलाई छाडिसकेका छन्। उनका श्रीमान अहिले मुम्बइमा बस्ने गर्दछन्।

यस्तो अवस्थामा उनले रेल स्टेशनमा भिख माग्दै त्यहीं सुतेर रात कटाउने गरेकी छन्। रेल प्रहरीले बच्चालाई  लोकल थाना बागबेडामा सुम्पिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यसरी बच्चा किन बिक्री गरेको भनी सोधेको प्रश्नमा ती महिलाले बच्चा, आफू र आफ्नी अर्की छोरीलाई जिउँदो राख्न आफूले यस्तो कदम चालेको बताइन्। 

‘म र छोरी बाँच्नका लागि त भिख मागिरहेका छौं‚ ’ उनले भनिन्‚ ‘ उसलाई मसँग राखेर कहाँबाट खुवाउनु? यस्तोमा उसलाई बचाउन मैले अरु कसैको जिम्मा लगाउने निर्णय गरेकी हुँ।’ माया लागेर आफूसँग राखेर उसको ज्यान जानुभन्दा अरुलाई बेच्ने निर्णय गरेको उनले बताइन्। 

यो घटना सार्वजनिक भएपछि सरकारले यो परिवारलाई प्रत्येक महिना २-२ हजार दिने निर्णय गरेको छ। भिखारी महिला र उनका दुवै बच्चाको अवस्था खराब रहेकाले हाल उनीहरूको सदर अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ। अस्पतालबाट डिस्चार्ज भएपछि उनीहरुलाई शेल्टर होममा पठाइने स्थानीय सरकारले जनाएको छ। 

जाडो र भोकका कारण आफ्नो बच्चा अर्काको हातमा सुम्पन बाध्य भएको उनको भनाइ थियो।

Xtrem

Xtrem

आफ्नो छोराको र परिवारको बाँकी जीवनलाई ध्यानमा राखेर आफूले सो निर्णय गरेको उनले बताएकी थिइन्।

२०१८ मा लोकसभामा केन्द्रीय मन्त्री भएका थावरचन्द गहलोतले गराएको जानकारीअनुसार झारखण्डमा १० हजार ८ सय १९ भिखारी छन्। यसमा ५ हजार ५ सय २२ पुरुष र ५ हजार २ सय ९७ महिला छन्।

भारतभर कुल ४ लाख १३ हजार ६ सय ७० भिखारी छन्। जसमा २ लाख २१ हजार ६ सय ७३ पुरुष र १ लाख ९१ ह्जार ९ सय ९७ महिला छन्। पछिल्लो सरकारको कार्यकालमा २२ जना खान नपाएर मरेका छन्। २०१७ मा सिमडेगामा सन्तोषीकुमारी नामकी एक महिला भात भात भनेर चिच्च्याउँदै मरेकी थिइन्। वर्तमान मुख्यमन्त्रीले यो घटनालाई चुनावी नारा नै बनाएका थिए। तर केन्द्र सरकारले हालसम्म एकजना पनि भोकले नमरेको दाबी गर्दै आएको छ।

हिन्दी पत्रिका द प्रिन्टबाट भावानुवाद

प्रकाशित मिति: बिहीबार, पुस २४, २०७६  १६:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत
बालेनको भारत भ्रमणबारे प्रस्तावित राजदूत पाण्डेले के भने?
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट
सम्बन्धित सामग्री
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सोमबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्य... सोमबार, असोज २६, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता संयुक्त राष्ट्रसङ्घको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले आइतबार उक्त जानकारी दिएको हो। आइतबार, असोज २५, २०८३
अस्ट्रेलियाका प्रधानमन्त्रीले भने– विजया दशमीको शुभकामना उनले प्रधानमन्त्री कार्यालयबाट एक सूचना जारी गरेर दसैँको शुभकामना दिएका हुन् । आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
बालेनको भारत भ्रमणबारे प्रस्तावित राजदूत पाण्डेले के भने? सोमबार, असोज २६, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट सोमबार, असोज २६, २०८३
प्रहरी अधिकृतलाई बालेनको निर्देशन: व्यक्तिगत स्वार्थमा नलाग्नू सोमबार, असोज २६, २०८३
चिनियाँबाट बरामद साढे २१ किलो सुन प्रहरीले भन्सारमा बुझायो सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्