• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

सुधारोन्मुख गजेन्द्रनारायण सिंह अस्पताल, पहिलोपटक क्यान्सर रोगीको सफल शल्यक्रिया

64x64
नेपाल लाइभ बिहीबार, पुस २४, २०७६  २०:१३
1140x725

राजविराज– दुई वर्षअघिसम्म रेफरल सेन्टरका रुपमा चिनिएको सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सुधार देखिन थालेका छन्। केही विशेषज्ञ डाक्टर र आधुनिक उपकरण थप भएपछि अस्पतालमा पहिलोपटक क्यान्सरका बिरामीको सफल शल्यक्रिया गरिएको छ।

स्तन क्यान्सरपीडित सप्तरीकै विष्णुपुर गाउँपालिका १ जमुनी मधेपुराकी ६० वर्षीया दुखनीदेवी खंग खत्वेको वुधबार शल्यक्रिया गरिएको हो। डा. राजीव मिश्रा, डा. अजय चौधरी र डा. पारसमणि साहको टिमले शल्यक्रिया गरेको छ। करिब ४ घण्टा लगाएर खंगको दायाँ स्तन काटेर फालिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए।

आर्थिक अवस्था कमजोर रहेकी दुखनीलाई शल्यक्रियामा अस्पतालले समेत सहयोग गरेको छ। खंग पहिलोपटक गत पुस ८ गते स्वास्थ्य जाँचका लागि अस्पताल आएकी थिईन्। उनको मासुका नमूना परीक्षणबाट क्यान्सर नै भएको प्रमाणित भएपछि बुधबार शल्यक्रिया गरिएको दासले बताए।

खंगलाई केमोथेरापीसहित औषधिको ब्यवस्थासमेत मिलाईएको अस्पतालले जनाएको छ। पत्निको उपचारमा ठूलो रकम खर्च हुने भन्दै चिन्तामा रहेका उनका पति रामचरण खंगले राजविराजमै शल्यक्रिया सफल भएकोमा खुसी ब्यक्त गरे।

रामचरणका अनुसार करिब दुई महिना अघि नै दुखनीको स्तनमा क्यान्सर भएको पत्ता लागेको थियो। दुई वर्षदेखि धनुषाको लालगढ अस्पतालमा छालासम्बन्धी उपचार गराईरहेकी दुखनीको काखीमुनि गाँठा देखिएपछि सोही ठाउँका स्वास्थ्यकर्मीले चितवनको भरतपुर क्यान्सर अस्पताल पठाएका थिए। भरतपुरमा स्तन क्यान्सर भएको जानकारी पाएपछि खर्च अभावमा घर फर्केको रामचरणले बताए।

घरै वसिरहेका बेला राजविराजमै पनि क्यान्सरको उपचार हुने जानकारी पाएपछि गत पुस ८ गते आफूले अस्पतालमा सम्पर्क गरेको उनको भनाइ छ। १०÷१५ हजारको खर्चमा अप्रेसन सम्पन्न भएको भन्दै उनले खुसी ब्यक्त गरे। 

यसअघि अस्पतालमा गत साउनमा पेट फुटेर आन्द्रा बाहिर निस्केका बिरामीको समेत सफल उपचार गरिएको थियो। साउन २३ गते घरको छतबाट लडेका सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका–४ बनौलीका ८ वर्षीय तबरेज आलमको पेटमा भाटा छिरेको थियो। भाटा निकाल्ने क्रममा आन्द्राबाहिर निस्किएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो।

करिब ४ घण्टाको अथक प्रयासपछि सर्जन राजीव मिश्रा, एनेस्थेसिस्ट पारसमणि साह तथा विपिन देव, इएनटी सर्जन महेश पोखरेललगायतको टोलीले बालकको सफल शल्यक्रिया गरेको थियो। बालकको उपचारमा करिब १० हजार रुपैयाँ खर्च भएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै, जेठ ३ गते राजविराज नगरपालिका–७ की २५ वर्षीया पिंकी राउत अस्पतालमा भर्ना भइन्। चौथो पटकको बच्चा जन्मन समस्या परेर उनको पाठेघर फुटेको थियो। ‘अवस्था एकदमै जटिल थियो। तर, बिरामीको अवस्था १० किलोमिटर टाढा पुग्न पनि नसक्ने देखेपछि बाहिर पठाउन सकिएन,’ मेसु दासले भने, ‘जोखिम उठाएर भए पनि उनको शल्यक्रिया गरेर बच्चा निकालियो। त्यसमा पनि हामी सफल भयौं।’

गाइनोकोलोजिस्ट ब्रजेशकुमार झा, दिलीपकुमार साह, सर्जन सरोजकुमार यादव, एनेस्थेसिस्ट जयप्रकाश ठाकुर, स्टाफ नर्स अर्चना शर्मा लगायतको टोलीले पिंकीलाई नयाँ जीवन दिएको दास बताउँछन्। त्यसअघिका तीनवटै बच्चा अप्रेसन गरेर निकालिएको र बिरामीको अवस्था पनि जटिल हुँदाहुँदै स्वास्थ्यकर्मीको लगनशीलताले ठूलो सफलता प्राप्त भएको उनको भनाइ छ। 

यस्तो छ अहिले अस्पतालको अवस्था

भारत सरकारको सहयोगमा स्थापना भएको गजेन्द्रनारायण सिंह अस्पतालमा २०२९ सालदेखि ५० शैय्याको स्वास्थ्य सेवा सुरु भएको थियो। केही समय अघिसम्म सगरमाथा अञ्चल अस्पतालका नामले चलेको यस अस्पतालमा हाल ८४ शैय्या छन्। 

Xtrem

Xtrem

अस्पतालमा विशेषज्ञ चिकित्सक र मेडिकल अधिकृतको संख्या ३२ जना पुगेको मेसु दासले बताए। मेडिसिन, सर्जरी, गाइनो, पेडियाट्रिक, अर्थो, डेन्टल, रेडियोग्राफी, एनेस्थेसिया, डायलासिस, हाडजोर्नी, सर्जन, ईएनटी, एनआइसियु, २४ घन्टे नमूना प्याथोलोजी, अत्याधुनिक एक्सरे सेवा अस्पतालमा  सञ्चालनमा छ।

सिटी स्क्यान र आइसियु सेवा चाँडै सञ्चालनको तयारी भइरहेको पनि दासले जानकारी दिए। अहेव र स्थानीय कलेजमा अध्ययनरत सिकारु विद्यार्थीको भरमा सञ्चालन हुँदै आएको इमरजेन्सी सेवामा ०७५ भदौदेखि २४ घन्टे अन-ड्युटी चिकित्सक सहितको सेवा सञ्चालनमा छ। 

अस्पतालमा दरबन्दीअनुसार अझै पनि छाला रोग विशेषज्ञ, साइकियाट्रिक र प्याथोलोजिस्टको अभाव छ। 
 

प्रकाशित मिति: बिहीबार, पुस २४, २०७६  २०:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्