पोखरा- रक्षामन्त्री एवं नेपाल ट्रष्टका अध्यक्ष इश्वर पोखरेलले नेपाल ट्रष्टको जग्गा बृहत्तर हित हुने क्षेत्रमा मात्र उपयोग गर्न दिइने दाबी गरेका छन्। पोखराका बोल्दै उनले नेपाल ट्रष्टका जग्गा शिक्षा, स्वास्थ्य, पर्यटन र व्यवसाय अभिवृद्धिमा मात्र दिइने बताए । पोखरास्थित रत्नमन्दिर र हिमागृह बृहत्तर हितमा उपयोग गर्ने तयारी भइरहेको बताए।
मन्त्री पोखरेलले ट्रष्टको विद्यमान नीति नियमअनुसार नै यसको सम्पत्ति उपयोग गर्न दिइने बताए। उनले अहिले ट्रष्टमा २१ हजार पाँच सय रोपनी जग्गा, एक अर्बभन्दा बढी रकम र शेयरसमेत रहेको जानकारी दिए। पोखराको रत्नमन्दिर र हिमागृह पनि ट्रष्ट अन्तर्गत नै पर्छन्। उनले रत्नमन्दिर र हिमागृहलाई प्रदेश सरकारसँग समन्वय गरेर बृहत हितमा उपयोग गरिने बताए। त्यसका लागि तयारी अन्तिम चरणमा रहेको उनको भनाइ थियो।
नेकपा कास्कीद्वारा बिहीबार पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टी एकीकरणका अधिकांश काम सकिएको बताए। माघ १५ मा बस्ने पार्टी केन्द्रीय कमिटीको बैठकले बाँकी काम टुङ्ग्याउने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।