काठमाडौं- मकवानपुर प्रहरीले भारतीय नम्बर प्लेटको कारसहित गाँजा तस्करलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कार चालक सर्लाहीको हरिपुर नगरपालिका-९ का २४ वर्षीय रञ्जित कुमार गुप्ता, सोही ठाउँका ३१ वर्षीय बालकृष्ण गुप्ता छन्।
उनीहरूले बिआर ०१ सिएम ६२४६ नम्बरको भारतीय कारमा २ वटा पोका बनाएर १० किलो १ सय ८० ग्राम गाँजा तस्करी गरेका थिए। सोही जाँचको क्रममा पूर्वपश्चिम राजमार्ग अन्तर्गत नेवारपानीबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी चितवनको राप्ती नगरपालिका–२ का ३७ वर्षीय कृष्ण थापामगर पनि ५ किलो गाँजा सहित पक्राउ परेका छन्। प्रदेश ०२-०३-००६ प २८८३ नम्बरको मोटरसाइकलमा गाँजा बोकेर हेटौडा–१५ बाट बाराको पथलैया जाँदै गर्दा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।