काठमाडौं- लागुऔषध मुद्दामा दोषी प्रमाणित भएपछि फरार भएका एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–२ का ४८ वर्षीय वर्णवाल छन्।
उनलाई पर्सा प्रहरीले बुधबार वीरगञ्जबाट पक्राउ गरेको हो।
२०६२ असार २८ गते जिल्ला अदालत पर्साले उनीविरुद्ध लागुऔषध मुद्दामा ४ वर्ष ५ महिना कैद र २५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।