काठमाडौं- बेलायती राजकुमार ह्यारी र उनकी श्रीमती मेगनले आफूहरू राजपरिवारको सदस्यबाट पछि हट्ने घोषणा गरेका छन्। द ड्युक एण्ड डचेज अफ ससेक्सले उनीहरू ‘सिनियर’ राजपरिवार सदस्यबाट पछि हट्ने र आर्थिक रुपमा स्वतन्त्र बन्ने घोषणा गरेको जनाएको छ।
उनीहरूले जारी गरेको घोषणा अनुसार उनीहरुको बसाइ अब बेलायत र उत्तर अमेरिका हुनेछ। बीबीसीले ह्यारी र मेगनले उक्त घोषणा गर्नुअघि पूर्वमहारानी एलिजाबेथ र ह्यारीका दाइ विलियमसँग कुनै परामर्श नगरेको उल्लेख गरेको छ। जसकारण उनीहरूको यो घोषणाबाट बेलायती राजपरिवारमा निराशा छाएको बीबीसीले उल्लेख गरेको छ।
उनीहरूको घोषणाले राजपरिवारमा दरार सिर्जना गरेको, ह्यारी र मेगन एकातर्फ तथा राजपरिवारका अन्य सदस्यहरू अर्कोतर्फ देखिएको विश्लेषण गरिएको छ। गत अक्टोबरमा राजकुमार ह्यारी र मेगनले सार्वजनिक रुपमै मिडिया स्पटलाइटका कारण आफूहरू समस्यामा रहेको बताएका थिए।
उनीहरूको बुधबारको इन्टाग्राममा राखेको अकल्पनीय वक्तव्यमा धेरै महिनादेखिको छलफलपछिको निर्णय भएको बताइएको थियो।
इन्स्टाग्राममा राखेको वक्तव्यमा भनिएको छ, ‘हामी राजपरिवारको सिनियर सदस्यबाट पछि हट्न चाहान्छौं। र, आर्थिक रुपमा स्वतन्त्र हुन चाहन्छौं । जे भए पछि हाम्रो समर्थन निरन्तर रुपमा महारानीलाई हुनेछ।’
उनीहरूले आफ्नो बसाइका समयका बारेमा पनि उल्लेख गरेका छन्। जसमा मेगन अमरिकी अभिनेत्री भएका कारण बेलायत र अमेरिकाबीचको समय मिलाएर बस्नुपर्ने उनीहरूको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।