काठमाडौं– बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) सर्लाहीका रामबाबु राय र सञ्जय साह रौनियारको ऋण आतंकबाट बन्धक स्थानीय न्याय खोज्दै काठमाडौंमा, ठगी गर्ने विरुद्ध स्थानीय प्रशासनमा उजुरी दिन महान्यायाधिवक्ता खरेलको सुझाव ।
२) चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीमाथि २० करोड घुस मागेको आरोप, गिरी भन्छन्, चरित्र हत्या गर्न खोजियो, कानूनी उपचार खोज्छु ।
३) नेपाल भ्रमणमा आउने पर्यटकको संख्या घट्यो, २० लाखको लक्ष्य भेटाउन ८ लाख ४७ हजार पर्यटक बढाउनुपर्ने, ७३ प्रतिशतको वृद्धिदर आवश्यक ।
४) सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सन्तोष साहुखलको सय गोल पूरा, च्यासल र पुलिसले अंक बाँडे, अर्को खेलमा ब्रिगेड ब्वाइज क्लबमाथि थ्री स्टारको सहज जित ।
५) र, इरानमा १ सय ७० यात्रु र ६ जना चालक दलका सदस्य बोकेको युक्रेनी जहाज दुर्घटना, जहाजमा भएका १ सय ७६ जनाको मृत्यु ।
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।