काठमाडौं– नेपाली सेनाले इराकको किर्कुक र इरबिलस्थित राष्ट्रसंघीय मिसनमा तैनाथ नेपाली सेनाका युनिटहरुलाई सुरक्षा सतर्कता अवलम्बन गर्न निर्देशन दिएको छ।
इरानले अमेरिकी सेनाका विभिन्न वेशहरुमा मिसाइल आक्रमण गर्न थालेपछि नेपाली सेनाले उक्त निर्देशन दिएको हो। सेनाले उक्त स्थानमा तैनाथ नेपाली शान्ति सैनिकहरु सकुशल रहेको पनि जनाएको छ।
इराकमा तैनाथ नेपाली सेनाको गार्ड युनिटलगायत युनिफिल मिसन लेबनान र अनडफ मिसन सिरियामा तैनाथ नेपाली सेनाका युनिटहरुलाई विशेष सुरक्षा सतर्कता अपनाउन, परिस्थितिको निरन्तर अनुगमन गर्न तथा मिसन हेडक्वार्टर र शान्ति सेना सन्चालन निर्देशनालयसँग निरन्तर सम्पर्कमा रहन निर्देशनसमेत दिइएको नेपाली सेनाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।