काठमाडौं- मलेसियामा नेपालीसहित १५६ आप्रवासी कामदार पक्राउ परेका छन्। मलेसिया अध्यागमनले अवैध रुपमा रहेका आप्रवासी कामदारलाई पक्राउ गरेको हो।
मलेसियाली सरकारले अवैध रुपमा रहेका आप्रवासी कामदारलाई स्वदेश फर्किन खुल्ला गरेको आममाफी कार्यक्रम ‘ब्याक फर गुड’ गत ३१ डिसेम्बरदेखि सकिएको छ। यसमार्फत् स्वदेश फर्किन अटेर गरी मलेसियामै रहेकाहरुको कारबाही प्रकृयालाई तीव्रता दिइएको उल्लेख गरिएको छ।
अध्यागमनले मलेसियास्थिति विभिन्न होटल, रेस्टुराँ, बसस्टेसन, लगायत विभिन्न स्थानबाट अवैध आप्रवासीलाई पक्राउ गरेको छ। मंगलबार अध्यागमनले क्वालालम्पुरबाट ३४ आप्रवासी यौनकर्मी पक्राउ गरेको थियो। जसमा ९ नेपाली महिलासमेत संलग्न रहेको उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।