एजेन्सी - भारतको राजधानी दिल्लीमा फेब्रुअरी ८ मा विधानसभा निर्वाचन हुँदैछ। निर्वाचन नजिकिँदै जाँदा राजनीतिक रस्साकस्सी पनि चुलिएको छ। २०१९ मा लोकसभा चुनावमा सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी) ले दिल खोलेर खुसी मनाएको थियो । दिल्लीका सातै सिटमा कमलको फुलले जित हासिल गरेपछि बिजेपीमा खुसीको लहर आएको थियो ।
बिजेपीकाे दाबी के छ भने लोकसभापछि विधान सभा चुनावमा पनि यही नतिजा दोहोरिने छ। तर यो सहज भने पक्कै छैन। २०२० मा चुनावको मिति घोषणा भएलगत्तै दिल्ली बिजेपीमा त्यो उत्साह र जोश देखिएको छैन। छ महिनामा यस्तो के भयो जसले उनीहरुको जोसलाई फिका गरायो ? योसँगै अर्को प्रश्न पनि उठ्छ भने अरविन्द केजरीवालको आम आदमी पार्टीले फेरि पनि ६७ सिटमा जित हात पार्ला वा विगतको सिट गुमाउँला ?

दिल्लीमा ‘आप ’
लोकसभा चुनावमा बिजेपीले सातै सिट जिते पनि त्यसलाई आम आदमी पार्टी मापदण्ड मान्न तयार छैन। २०१४ मा दिल्लीमा भाजपाले लोकसभामा सबै सिट जितेको थियो तर २०१५ मा भएको विधानसभा निर्वाचनमा आम आदमीले ७० मध्ये ६७ सिटमा जित हात पारेको थियो । त्यससमयमा बिजेपीले जम्मा ३ सिटमात्र जितेकाे थियो। १० वर्षसम्म दिल्लीको सरकार चलाएको कग्रेँस पार्टीले खातासम्म खोल्न सकेन। दिल्लीमा पाँच वर्षसम्म शासन गरेका अरविन्द केजरीवालको सरकारले विस्तारै कामको गति समाएको छ। बिस्तारै उनले आफ्नो काम गर्ने शैलीमा परिर्वतन गर्दै आएका छन्। सुरु-सुरुमा उनी निकै उग्र शैलीमा देखिएका थिए।
हरेक समय उनी बिजेपी र प्रधानमन्त्री नरेन्द्र मोदीमाथि आलोचनामा उत्रने गरेका थिए । करिब चार वर्षसम्म केजरीवाल सरकार मुख्य सचिव र उपराज्यपालविरुद्ध नारा,जुलुस धर्ना र गालीमा उत्रेर सञ्चारमाध्यममा आइरह्यो । केजरीवालाको यही रवैयाका कारण पछिल्लो निर्वाचनमा मोदी भर्सेस केजरीवाल भएको थियो जसको परिणाम आम आदमीले भोग्न वाध्य भयो । उसका सबै उम्मेदवारको जमानत जफत भयो। विस्तारै उनले आफ्नो कामको शैली बदलेका छन्।

यहीकारण पछिल्लो एक वर्षमा केजरीवाल सरकार आफूले गरेको काम भन्दै दाबी गर्न थालेका छन्। आम आदमी पार्टीले ७० वटा वाचा गरेकाे थियाे। अहिले आप सोही कामको सूची लिएर दिल्ली जनतासामु जादै छ।
दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाल आफ्नो सरकारको सफलतामा गल्लीमा क्लिनिक,शिक्षा, सस्तो बिजुली र शान्ति सुरक्षाजस्ता कुरा पुरा भएको दावी गर्छन्। जनताले आगामी दिनमा यसलाई निरन्तरता दिनका लागि आपलाई मतदान गर्नुपर्ने उनको तर्क छ।
यसपटक आपले बहुमत ल्याउने उनले दाबी गरे पनि नागरिक संशोधन विधेयकमा मुख्यमन्त्री केजरीवालकाे मौनता महंगाे पर्न सक्ने देखिन्छ। त्यस्तै हालै भएको जेएनयूका छात्रमाथि भएको हमलामा पनि मुख्यमन्त्री केजरीवालको भूमिका सन्तोषजनक नभएको भनि आलोचना भईरहेको छ ।
दिल्लीमा कांग्रेस

दिल्लीमा आफ्नो पुरानो छवि पुनः ब्युँताउने प्रयासमा कांग्रेस छ। २०१५ को विधान सभा निर्वाचनमा आपले ५४.३ बीजेपी ३२.३ र कांग्रेसले ९.७ प्रतिशत मत प्राप्त गरेका थिए। तर अहिलेको परिस्थिति फेरिएकाले मत प्रतिशत पनि फेरिने कांग्रेसको विश्लेषण छ । कांग्रेसको आसको एउटै कारण हो भर्खर सम्पन्न भएको झारखन्डको विधानसभामा निर्वाचनमा प्राप्त गरेको उत्साहजनक नतिजा । कांग्रेसले यो पनि भुल्न हुँदैन कि हिजो उसको भोट बैक भएका व्यक्ति अहिले केजरीवालाक भोट बैक हुन् ।
दिल्लीमा बिजेपी
.jpg)
त्यस्तै दिल्लीमा केन्द्रीय सत्ताधारी दल आफ्नो नेताको खोजीमा छ। दिल्ली प्रदेशका अध्यक्ष मनोज तिवारी पहिला पाएका भोट कब्जा गर्ने नीति निर्माण गर्नमा व्यस्त छन्। उनीमाथि काँग्रेस र आपको तिखो नजर छ। बिजेपी कच्ची कोलनीको नियमित गर्दै दिल्लीका जनताको मन जित्ने प्रयासमा छ । बीजेपी नागरिकता संशोधन कानुन, राम मन्दिर र राष्ट्रवादको मुद्दा लिएर मैदानमा निस्केको छ । दिल्लीमा शहरी मतदाता भएकाले बिजेपीको एकमात्र नारा राष्ट्रवादमात्र टिक्ने देखिन्छ। सिख मतदाताहरुलाई तान्ने प्रयासमा पनि उ छ। मनोज तिवारीले विधानसभा चुनावभन्दा ठिक अघि प्रधानमन्त्री नरेन्द्र मोदीको पत्र लेखेर गुरु गोविन्द सिंहको सहिदपुत्रको सम्झनामा बाल दिवस मनाउने परम्परा सरु गर्न माग गरेका थिए ।
बिजेपी दिल्लीको सत्ता पछिल्लो २१ वर्षदेखि प्राप्त गर्न सकेको छैन। त्यसैले यसपटक प्राप्त गर्न उसले सबै प्रकारका उपाय गर्ने निश्चित छ । यसपटक पनि दिल्लीमा मोदीको क्रेज देखाउने तयारीमा बिजेपी छ। लोकसभा चुनावमा केजरीवाल भर्सेस मोदी हुँदा आएको नतिजा दोहोर्याउनु पर्ने दाउमा भाजपा छ ।
छात्र आन्दोलन

नागरिकता संशोधन कानुन आएपछि पहिलो पटक दिल्लीमा विधानसभा हुँदैछ । यो कानुनको विरोधमा दिल्लीकै तीन विश्वविद्यालयमा आन्दोलन भएको थियो। जेएनयू,डीयू र जामियामा नागरिकता विधेयकका बारेमा ठूलो विरोध भयो। जामिया र जवाहरलाल नेहरु विश्वविद्यालयमा त हिंसा नै भड्कियाे । जेएनयुमा हालसम्म पनि विवाद भईरहेको छ। यो मुद्दाले दिल्ली विधान सभा निर्वाचन प्रभावित हुन्छ वा हुदैन हेर्न बाँकी नै छ ।
बीबीसी हिन्दीवाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।