काठमाडौं– संदिग्ध गतिविधि गरेको आरोपमा पक्राउ परेका १ सय २२ चिनियाँलाई लिन चीनबाट नेपाल आएको चार्टर्ड विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ।
जहाज ३ बजेर ५५ मिनेटमा अवतरण हुने समय तय भएपनि मौसम प्रतिकूलताका कारण केही समय आकाशमै फन्को मारेको थियो।
दोस्रो जहाज भने ५ बजेर ४५ मिनेटमा नेपाल आइपुग्नेछ। पहिलो जहाज ६ बजे र दोस्रो जहाज ७ बजे नेपालबाट १२२ चिनियाँ बोकेर उड्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।