एजेन्सी- बेलायतको कानुनी इतिहासमै सबैभन्दा खतरनाक बलात्कारी ठहर गरिएका इण्डोनेशियाई युवक रेनहार्ड सिनागाका पिताले आफ्नो छोराको सजायँ त्यही लायक भएको बताएका छन्। बेलायती अदालतले १५९ वटा यौन अपराध गरेको अभियोगमा दोषी ठहर भएपछि सिनागालाई आजीवन जेल सजायँ सुनाएको थियो।
बीबीसी इण्डोनेशियनसँग कुरा गर्दै युवकका पिता सैबुन सिनागाले भने, ‘हामी यो फैसल स्वीकार्छौं, उ उसले गरेका अपराधका लागि यहीलायक थियो, यसबारेमा म अरु कुरा गर्न चाहन्नँ।’
सिनागाका कलेजका साथीहरुले उ निकै लोकप्रिय, सामाजिक र रमाइलो मानिस रहेको बताएका छन्।
उ आफ्ना पिताका चार सन्तानमध्ये जेठो थियो। उसका पिता इण्डोनेशियामा धनी व्यक्तिमा गनिन्छन्। उनी निजी बैंकका मालिकसमेत हुन्। उसले पिताकै पैसामा पक्राउ पर्नुपूर्व १० वर्षसम्म बेलायतमा रहेर अध्ययन गरेको थियो। पिताले उसलाई म्यान्चेस्टरको प्रिन्सेस स्ट्रीटमा फ्ल्याट किनेर राखेका थिए।
आफ्नो मुुलुकका विद्यार्थी ‘खतरनाक बलात्कारी’ मानिएपछि इण्डोनेशियाभर ‘लज्जाको विषय’ मानिएको छ। देशकै बेइज्जत गरेको भन्दै केही मानिसले उसलाई मृत्युदण्ड दिइनुपर्ने माग पनि गरेका छन्। केहीले भने उसको मानसिक स्वास्थ्य परीक्षण गरिनुपर्ने बताइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।