एजेन्सी- इरानी सर्वोच्च नेता अयोतोल्लाह अलि खामेनीले इराकस्थित अमेरिकी अड्डामा इरानले गरेको आक्रमण अमेरिकाको गालामा थप्पड भएको बताएका छन्।
उनले गएराति इराकस्थित अमेरिकी अड्डामा गरेको आक्रमणलाई उद्धृत गर्दै भने‚ ‘गए राति हामीले अमेरिकाको गालामा थप्पड हानेका छौं।’
उनले यो भनिरहँदा त्यहाँ जम्मा भएका इरानीहरूले ‘अमेरिका मूर्दावाद’को नारा लगाइरहेका थिए।
यसैबीच खामेनीले थपे‚ ‘यदि सामना गर्नुपर्ने अवस्था आए यस्तो प्रकारको सैन्य आक्रमण पर्याप्त हुँदैन। हामीले अमेरिकाको भ्रष्ट अनुहारको पर्दाफासका साथै अन्त्य गर्नुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।