एजेन्सी- इरानको राजधानी तेहरानमा रहेको इमाम खुमैनी विमानस्थल नजिकै युक्रेनी बोइङ ७३७ विमान दुर्घटना हुँदा १७० जनाकाे मृत्यु भएकाे छ।
इरानको रेड क्रिसेन्टका अनुसार दुर्घटनामा परेकाहरु बाँच्न सक्ने अवस्था छैन। इरानी समाचार एजेन्सी फोरर्सका अनुसार प्राविधिक समस्याका कारण दुर्घटना भएको हो।
विमान तेहरानबाट युक्रेनको राजधानी किभका उडेको थियो। विमान आफ्नो उडान समयभन्दा करिब एक घण्टा ढिलो उडेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।