काठमाडौं- इरानको राजधानी तेहरानमा रहेको इमाम खुमैनी विमानस्थल नजिकै युक्रेनी बोइङ ७३७ विमान दुर्घटना भएको छ।
विमानमा १८० यात्रु र चालक दलका सदस्य थिए।
यात्रुहरुको मृत्यु सम्बन्धमा आधिकारिक जानकारी प्राप्त भएको छैन। तर, कतिपय अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले सबै यात्रुको मृत्यु भएको बताएका छन्।
विमान तेहरानबाट युक्रेनको राजधानी किभका उडेको थियो। विमान आफ्नो उडान समयभन्दा करिब एक घण्टा ढिलो उडेको थियो।
सार्वजनिक भएका भिडियोमा विमान दुर्घटना हुनुअघि बल्दै र उड्दै गएको देखिन्छ।
विमानस्थलबाट उडेको केही समयपछि नै विमान दुर्घटनामा परेको थियो। राजधानी तेहरानको दक्षिणपश्चिमी उपत्यका परान्डको नजिक दुर्घटनाग्रस्त भएको बताइएको छ।
प्राविधिक कारणले दुर्घटना भएको हुनसक्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।