काठमाडाैं- जाेरपाटी वितरण केन्द्रकाे नाेलाइट टाेलीमाथि गएराति कुटपिट भएकाे छ। राति करिब १० बजे मुलपानीको लक्ष्मीनारायण चाेकमा उनीहरुमाथि आक्रमण भएकाे हाे।
लाइन मर्मत गरेर फर्कने क्रमा मदिरा सेवन गरेका सशस्त्र प्रहरी बताउने दुई जनाले कुटपिट गरेकाे केन्द्रका इन्चार्ज रामु पाैडेलले बताए। सूर्यबहादुर खत्री र सुवास खड्कामाथि कुटपिट भएकाे हाे।
खत्रीकाे हातमा चाेट लागेकाे र उनकाे अप्रेशन गर्नेपर्ने भएकाे पाैडेलले बताए। घाइतेकाे अर्थाेपेडिक अस्पतालमा उपचार भइरहेकाे छ। कुटपिट गर्ने व्यक्तिलाई महानगरीय प्रहरी वृत्त बाैद्धमा राखिएकाे छ। उनीहरुमाथि अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।
सांकेतिक तस्बिर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।