एजेन्सी- भारतीय अभिनेत्री दीपिका पादुकोण मंगलबार साँझ दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालय पुगिन्। उनी विद्यार्थीकाे आन्दाेलनलाई समर्थन गर्न गएकी हुन्।
तीन दिन अगाडि जेएनयू क्याम्पसमा विद्यार्थी र शिक्षकलाई निशाना बनाएर तोडफोड भएकाे थियाे। दिल्ली र देशका थुप्रै भागमा विद्यार्थी र अन्य व्यक्तिहरूुे उक्त घटनाको निन्दा गरेका छन्।
यसैबीच दीपिकाकाे सहभागीतालाई लिएर भाजपा नेताहरूले टिप्पणी गरेका छन्। दिल्ली भाजपा प्रवक्ता ताजिंदर पाल बग्गाले ट्वीट गरेर दीपिकाको फिल्मको बहिष्कारको माग गरेका छन्।
.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।