एजेन्सी- इरानले इराकस्थित अमेरिकी सुरक्षा अड्डामा मिसाइल आक्रमण गरेकाे छ। इरानले यो आक्रमण आफ्ना शीर्ष कमाण्डर कसेम सुलेमानीलाई मारेको बदलामा भएको बताएको छ।
अमेरिकाले शुक्रबार ड्रोन हमलामा आफ्ना सैन्य प्रमुख सुलेमानीको हत्या गरेपछि इरानले यसकाे बदला लिने बताएकाे थियाे। इरानले अमेरिकी सेना बस्ने इराकको एन अल-असाद र इरबिलस्थित सैन्य अड्डामा दर्जन बढी रकेट आक्रमण गरेको छ।
इराकस्थित आफ्ना दुई सैन्य आधार क्षेत्रमा दर्जन ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमण भएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको हवाला दिदै सिएनएनले जनाएकाे छ। 'यी मिसाइलहरु इरानबाट हानिएको स्पष्ट छ। इराकका अल-असाद र इब्रिलका अमेरिकी सेना र उसका गठबन्दनका मानिसहरु बस्ने ठाउँलाई निशाना बनाइएको छ', अमेरिकी सुरक्षाको सार्वजनिक मामिला सचिवालयका सहायकले एक वक्त्वयमा भने, 'हामीले प्रारम्भिक क्षतिको अध्यन गरिरहेका छौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।