जनकपुर- महाेत्तरीमा मंगलबार बस दुर्घटनामा परी एक जनाको मृत्यु र १८ जना घाइते भएका छन्।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत बर्दिबास नगरपालिका-५ स्थित टुटेश्वर चोकमा मंगलबार बस दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ भने १८ जना घाइते भएका छन्।
मुत्यु हुनेमा मनरासिस्वा नगरपालिका-१० बस्ने नेपाली कांग्रेस महोत्तरीका महासमिति सदस्य ललन कुमार राय रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी श्यामकुष्ण अधिकारीले बताए। गम्भीर घाइते भएका रायलाई उपचारको लागि धरान लगिँदै गर्दा बाटोमै मुत्यु भएको हो।
राजमार्गमा रोकिराखिएको ना ५ ख ६४११ नम्बरको ट्रकमा काठमाडौंबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ९८१३ नम्बरको गंगोत्री बस ठोकिएर दुर्घटना भएको हो।
मंगलबार बिहान ५ बजे उखु लोड भएको ट्रकमा बस ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ। घाइतेमध्ये ११ जनाको अवस्था चिन्ताजनक छ। घाइतेहरुको बर्दिबासमा स्थित जनसेवा, सीटी अस्पताल र शुभ स्वस्तिक अस्पतालमा भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।