काठमाडौं– नेपाल भ्रमण वर्षको प्रबद्र्धनका लागि अस्ट्रेलियाको सिड्नीमा आयोजित र्यालीलाई स्थानीय प्रहरीले रोक लगाएको छ।
पर्यटनमन्त्री योगेश भट्टराईसमेत सहभागी र्याली अनुमतिबेगर निकाल्न खोजिएका कारण सिड्नी प्रहरीले रोकको त्यहाँबाट सञ्चालित न्यूज पोर्टल ‘साउथ एसिया डटकम डट एयु’ले उल्लेख गरेको छ।
.jpg)
मंगलबार निकालेको र्यालीलाई मन्त्री भट्टराईले नेतृत्व गरेका थिए भने अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल लगायतका दूतावासका अधिकारी सहभागी थिए ।
‘साउथ एसिया डटकम डट एयु’ले उल्लेख गरेअनुसार प्रवद्र्धनात्मक र व्यावसायिक प्रयोजनका लागि आयोजना गरेको र स्थानीय सरकारबाट अनुमति समेत नलिएको कारण जनाउँदै सिड्नी प्रहरीले र्याली रोकेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।