काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले सोमबार एकैदिन २१ सय सवारी चालकलाई कारबाही गरेको छ।
महाशाखाले मंगलबार विवरण सार्वजनिक गरी २११६ लाई कारबाही गरिएको जनाएको हो।
विवरणअनुसार मादक पदार्थ सेवन गर्ने ७९ जना कारबाहीमा परेका छन्। यस्तै, लेन मिच्ने १७९, भाडा कार ट्याक्सीमा ३२, जेब्राक्रसिङमाथि सवारी रोक्ने ३६ र टिपर १४ वटामाथि कारबाही भएको छ।
यस्तै, १०७ सवारीचालकलाई सिसिटीभीका आधारमा कारबाही गरिएको छ। यसैगरी, फुटपाथमा पार्किङ गर्ने ३२०, हर्न बजाउने ४६ र अनधिकृत पार्किङ गर्ने (व्हील लक÷चेन लक) १९४ सवारीचालक कारबाहीमा परेका छन्। अन्य कारबाही ११८९ रहेको प्रहरीले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।