चितवन– चितवनमा सोमबारराति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृतकको पहिचान खुलेको छैन। रत्ननगर नगरपालिका–४ देबौलीस्थित सडकखण्डमा रोकिराखेको ना५ख ६४४५ नम्बरको मिनीट्रकमा सौराहादेखि टाँडीतर्फ आउँदै गरेको ना३८प ८३२८ नम्बरको को मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते करीब २९ वर्षका पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। मृतकको शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको छ। दुवै सवारीसाधन र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।