एजेन्सी– गत सेप्टेम्बरदेखि सुरु भएको डँढेलोमा परी अस्ट्रेलियामा २ हजार घर नष्ट भएको पुष्टि भएको छ। आगलागीमा परी २५ जनाको मृत्यु हुनाको साथै लाखौं पशुपंक्षी मरेका छन्।
सोमबार भएको वर्षाले केही राहत दिए पनि तापक्रम अझै बढ्न सक्ने र दक्षिण तथा पुर्वी क्षेत्रका डँढेलो मिसिएर झन् ठूलो डँढलो लाग्नसक्ने अधिकारीहरुले बताएका छन्।
मंगलबार न्यु साउथवेल्सका अधिकारीहरुले आगलागीमा परी १५८८ घर क्षतिग्रस्त भएको जनाएका छन्। यस्तै, भिक्टोरियामा २ सय घर र अन्य राज्यमा १ सय घर क्षतिग्रस्त भएका छन्।
अस्ट्रेलियाको बिमा काउन्सिलले डँढेलोबाट हालसम्म ७० करोड डलरभन्दा बढीको क्षति भएको अनुमान गरिएको जनाएको छ। क्षति अझै बढ्नसक्ने बताइएको छ।
डँढेलोको धुँवा क्यानबेरा, सिड्नी र मेलबर्नसम्मै पुगेको छ। चिकित्सकहरुले श्वासप्रश्वासको समस्या हुने भएकाले गर्भवती लगायत असर पर्ने मानिसहरुलाई सचेत रहन आग्रह गरेको छ।
न्यु साउथवेल्स र भिक्टोरिामा भएको वर्षाले तापक्रम घटे पनि डँढेलो पुनः बढ्न सक्नेतर्फ चिन्ता व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।