काठमाडौं– अभिनेत्री मनिषा कोइरालाले बलिउड अभिनेता जैकी श्राफ तथा आफ्ना परिवारसहितको तस्बिर सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी छन्।
महाराष्ट्रको एक फार्ममा उनले आफ्ना पिता प्रकाश कोइराला, आमा सुष्मा कोइराला तथा बलिउड अभिनेता जैकीसँगको तस्बिर सार्वजनिक गरेकी हुन्। ट्वीटमा उनले लेखेकी छन्– ‘अर्गानिक र स्वस्थ फार्ममा शानदार सप्ताहान्त।’
तस्बिरमा जैकी नेपाली ढाकाटोपीमा देखिएका छन्। जैकी र मनिषाले सौदागर, मिलन, १९४२ अ लभ स्टोरी, दुष्मनी, अग्नीसाक्षी, लावारिस, युगपुरुष, ग्रहण, लज्जालगायतका फिल्ममा सँगै काम गरेका छन्।


.jpg)

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।