काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशका पश्चिमी भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपात हुने जनाएको छ।
यस्तै, पश्चिमका केही स्थानका साथै मध्य र पुर्वी भूभागका एक–दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
मंगलबार राति पनि पश्चिमी भूभाग, मध्य र पूर्वका पहाडी भूभागमा सामान्य बदली र बाँकी स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हिमपात हुने जनाइएको छ।
महाशाखाले पश्चिमी निम्न चापीय प्रणाली भित्रिएसँगै वर्षा र हिमपातको सम्भावना रहेको र यसकै कारण देशभर जाडो बढ्ने हुनाले चिसोबाट जोगिने उपाय अपनाउनुहुन सबैमा आग्रह गरेको छ।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
पौष २२ गते (मंगलबार)
दिउँसोः देशको पश्चिमी भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमका थोरै स्थानहरुमा साथै मध्य र पुर्वी भूभागका एक दुइ स्थानमा हल्का वर्षाको संभावना छ ।
रातिः देशको पश्चिमी भूभाग, मध्य र पूर्वका पहाडी भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमका थोरै स्थानमा साथै मध्य र पुर्वी भूभागका एक दुइ स्थानमा हल्का वर्षाको संभावना छ ।
पौष २३ गते (बुधबार)
दिउँसोः देशभर सामान्य बदली रही पश्चिमका केही स्थानमा र मध्य र पूर्वका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना छ।
रातिः देशभर सामान्य बदली रही पश्चिमका केही स्थानमा र मध्य र पूर्वका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना छ।
पौष २४ गते (बिहीबार)
दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना छ।
रातिः देशको मध्य तथा पूर्वी भूभागमा सामान्य बदली तथा पश्चिमका भूभागमा आंशिक बदलि रही पश्चिमका एक(दुई स्थानमा साथै मध्य र पूर्वका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।