एजेन्सी– अमेरिकाले इराकबाट सैनिक फिर्ता लैजान अस्वीकार गरेको छ। इरानी सैनिक जनरल मारिएपछि आइतबार बसेको इराकी संसद बैठकले आफ्नो मुलुकमा रहेका विदेशी सेना हटाउने निर्णय गरेको थियो।
अमेरिकी रक्षामन्त्री मार्क एस्परले इराकबाट सेना फिर्ता लिनेसम्बन्धी कुनै निर्णय नभएको जानकारी दिए। इराकी संसदको निर्णयपछि इराकस्थित संयुक्त गठबन्धनका प्रमुख विलियम एच सिलीका तर्फबाट जारी पत्रको जवाफ दिँदै मन्त्री एस्परले उक्त प्रतिक्रिया दिएका हुन्।
‘इराकबाट सेना फिर्ताको कुनै निर्णय भएको छैन, मलाई थाहा छैन, त्यो पत्र कस्तो हो, पत्र कहाँबाट आयो भन्नेबारे हामी पत्ता लगाउने कोशिस गर्दैछौं,’रक्षामन्त्री एस्परले भने।
अमेरिकी सेनाका अर्का अधिकारी मार्क मिलेले भने उक्त पत्र गल्तीले सार्वजनिक भएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।