कञ्चनपुर- होटलमा राखेर युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
सो आरोपमा सोमबार भीमदत्तनगर नगरपालिकाका रामसिंह धामीलाई पक्राउ परेका हुन्।
सुर्खेतबाट महेन्द्रनगर आएकी एक युवतीलाई बस्ने व्यवस्था मिलाई दिन्छु भनी होटलमा राखेका थिए।
पछि उनले नै जबरजस्ती करणी गरेको आरोप लगाउँदै युवतीले धामीविरुद्ध प्रहरीमा जाहेरी दिएपछि उनी पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलका अनुसार धामीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको छ।
उनका अनुसार सो कार्यमा संलग्न अर्का एक जना भने फरार छन्।
युवतीको स्वास्थ्य परीक्षण गरिएको बताएका उनले धामीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जानकारी दिए।
पक्राउ परेका धामीले प्रहरीसमक्ष सहमतिमा शारीरिक सम्बन्ध राखेको दाबी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।