काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २१ जना अधिकारीहरू भ्रष्ट्राचारविरुद्ध विशेष कोर्स गर्नका लागि भारत गएका छन्।
भारतको गुजरातको गान्धीनगरस्थित गुजरात फरेन्सिक साइन्सेस युनिभर्सिटीमा सञ्चालन भइरहेको ‘ठगी‚ घुसखोरी र भ्रष्ट्राचार निवारण’ विषयमा भाग लिनका लागि अधिकारीहरूको टोली त्यसतर्फ प्रस्थान गरेको हो।
सोमबारबाट सुरु भएको उक्त कोर्स ६ दिन सम्मका लागि सञ्चालन हुनेछ। अनुभवी सदस्यहरुबाट सञ्चालन हुने सो कार्यक्रममा यसअघि पनि २१ जना अधिकारीको टोली गएको थियो।
सूचना प्रविधिमा आधारित अनुसन्धानका लागि अधिकारीको सीप अभिवृद्धि गर्नुका साथै उनीहरूको विश्लेषणात्मक क्षमतालाई तिखारी नयाँ विधिहरू सिक्नलाई यो कोर्सले मद्दत गर्ने विश्वास लिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।