वीरगञ्ज- अभियन्ता सम्मेलन २०२० वीरगञ्जमा हुने भएको छ। विभिन्न पेसामा रही समाजसेवा गर्दै आएका व्यक्तित्वहरूको सहभागितामा सम्मलेन गर्न लागिएको छ। ८ मार्च २०२० मा वीरगंजमा हुने सम्मेलनमा २ सय भन्दा बढी सामाजिक अभियन्ताहरू सम्मेलनमा सहभागी हुनेछन्। भोर र प्रदेश २ को आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धिका लागि महाअभियानको नेतृत्वदायी पहलमा उक्त सम्मेलन २०२० गर्न लागिएको हो।
सम्मेलनमा नेपाल, भारत तथा विश्वका अन्य मुलुकमा रही प्रदेश २ का लागि समाज सेवा गरि राखेका अभियन्ता सम्मेलनमा सहभागी गराउन लागिएको भोरका अध्यक्ष राजकुमार महतोले जानकारी दिए। तीन जना अन्तराष्ट्रिय मुख्य वक्ता रहने सम्मेलनमा २ वटा उच्च स्तरीय प्यानेल डिस्कसन, १० वटा सामानान्तर सेटेलाइट वर्कसप, ११ विधामा अभियन्ता अवार्ड प्रदान, प्रदेश २ अभियन्ता प्रोफाइल प्रकाशन तथा विमोचन र विविधतामा एकता प्रर्वद्धन गर्ने सांस्कृतिक साँझ लगायतका कार्यक्रम सम्मन्न हुने महतोले बताए।
सम्मेलनमा १० वटा क्षेत्रमा सेवारत अभियन्ता सहभागी हुने आयोजकले उल्लेख गरेको छ। सामाजिक विकास, संस्कृति, भाषा, सम्पदा, कला र पर्यटन, आर्थिक उन्नति, रोजगार, व्यापारका साथै प्राकृतिक विपदलगायतका क्षेत्रमा काम गर्ने समाजसेवीहरूको सहभागिता हुनेछ।
सम्मेलनमा सहभागिताका लागि सोमबारदेखि दर्ता खुल्ला गरिएको समेत आयोजकले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।