काठमाडौं– वीरगन्जमा सामाजिक कार्यमा सक्रिय अभियन्ताहरूको सम्मेलन हुने भएको छ। भोर र प्रदेश २ को आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धिका लागि महाअभियानको पहलमा ‘अभियन्ता सम्मेलन २०२०’ आयोजना गर्न लागिएको हो।
विभिन्न पेशामा आबद्ध रहेपनि व्यक्तिगत, पारिवारिक तथा व्यवसायिक जीवन भन्दा माथि उठेर दिन दुःखि, समाज, देशको विकास तथा समृद्धिका निम्ति निस्वार्थ भावले विभिन्न अभियान संचालन तथा सामाजिक कार्यमा सहभागि हुँदै आइरहका करिब दुई सय सामाजिक अभियन्ताहरुको सहभागिता लक्ष्यसहित आगामी फागुन २५ गते यो सम्मेलन आयोजना हुन लागेको हो।
सम्मेलनमा प्रदेश २ मै रहेका र बाहिर स्वदेश तथा विदेशमा रही यस प्रदेशका लागि काम गरिरहेका अभियन्ताहरु सहभागी हुनसक्ने आयोजक संस्था भोरले जनाएको छ। सम्मेलनमा तीन जना अन्तराष्ट्रिय मुख्य वक्ता, दुई वटा प्यानल डिस्कसन, १० वटा सामानान्तर सेटेलाइट वर्कसप, ११ विधामा अभियन्ता अवार्ड प्रदान गर्नुको साथै प्रदेश २ अभियन्ता प्रोफाइल प्रकाशन तथा विमोचन गरिनेछ।
अभियन्ता सम्मेलन २०२० मा सहभागिताको लागि सोमबारदेखि दर्ता खुला गरिएको छ। इच्छुक अभियन्ताले आफू सहभागी हुन वा अन्य कुनै अभियन्तालाई सहभागी गराउन अनलाइन वा पेपरमार्फत दर्ता गर्नुपर्ने भोरका अध्यक्ष राजकुमार महतोले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।