काठमाडौं– सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) कांग्रेस संस्थापनइतर समूहले बोलायो संस्थापन पक्षको निर्णयविरुद्ध जिल्ला सभापतिहरुको भेला, पौडेल÷सिटौला पक्षका ५१ जिल्ला सभापति बैठकमा सहभागी भएको दाबी ।
२) सेक्युरिटी प्रिन्टिङ खरिदमा आर्थिक चलखेल भएको उजुरीमाथि विस्तृत अध्ययन गर्ने लेखा समितिको निर्णय, सोमबार सम्बन्धित क्षेत्रका जानकार व्यक्तिहरुसँग सामान्य छलफल ।
३) विदेशी ठेकेदारलाई बैंक ग्यारेन्टीः नदिए व्यवसाय विस्तारमा असर, दिए फिर्ता नहुने डर, मेलम्ची र तनहुँ हाइड्रोको काउन्टर ग्यारेन्टी प्रकरणपछि आफूहरु हेपिएको बैंकरको दाबी ।
४) सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ र मच्छिन्द्रबीच ४ गोल, खेल २–२ को बराबरीमा, बराबरीसँगै मनाङ अंक तालिकाको शीर्ष स्थानमा ।
५) र, विदेशी सैन्य बललाई इराकको भूमि, हवाई र जलक्षेत्र प्रयोगमा रोक लगाउन इराक सरकारलाई संसदको निर्देशन, अमेरिकी सेना फिर्ता पठाउन खोजे इराकमाथि थप प्रतिबन्ध लगाउने ट्रम्पको चेतावनी ।
पूरा समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।