काठमाडौं– गायक भुवन दाहाल र गायिका शोभा थापाको स्वरमा देउडा गीत 'धै ओडी त फर्किजा' सार्वजनिक भएको छ। विजय थापा र भुवन दाहालको लय तथा राजेन्द्र शाह 'बिपी'को शब्द रहेको गीतको संगीत संयोजन विजय थापाले गरेका हुन्।
विक्रम चौहानको निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई प्रकाश खड्काले छायांकन गरेका हुन्। राजेश कुमारले भिडियो सम्पादन गरेका छन् भने म्युजिक भिडियोमा चौहान र चर्चित मोडल रीना अभिनय रहेको छ।
विशेष फिलिम्सको प्रस्तुतिमा गीत सार्वजनिक भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।