एजेन्सी– अमेरिकाद्वारा मारिएका इरानी जनरल कासिम सुलेमानीकी छोरीले आफ्ना बुबाको हत्याले अमेरिकाका लागि कालो दिन ल्याउने चेतावनी दिएकी छन्।
सोमबार सुलेमानीको मृत्युको शोक मनाउन तेहरान युनिभर्सिटीमा जम्मा भएको भीडलाई सम्बोधन गर्दै उनले भनिन्‚ ‘इराक र इरानलाई विभाजित गराउन अमेरिकाद्वारा बुनिएको योजना असफल भएको छ।’
उनले अमेरिकाद्वारा गरिएको यो घिनलाग्दो हर्कतले अमेरिकाको आपराधिक मानसिकतालाई छर्लङ्ग पारेको बताएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।