एजेन्सी- इरान र अमेरिकाबीच चर्किरहेको विवादका बीच कच्चा तेलको मूल्य वृद्धि भएको छ।
इरानी विशेष सुरक्षा फौज कुद्सका प्रमुख जनरल कासिम सुलेमानी अमेरिकी हवाई आक्रमणमा मारिएपछि तेलको मूल्यमा वृद्धि भएको हो।
सुलेमान मारिएकै दिन शुक्रबार नै तेलको मूल्य ३ प्रतिशतले बढाइएको हो।
यस्तै विवाद चर्कँदै जाने हो भने तेलको मूल्यमा अझै वृद्धि हुनसक्ने विश्लेषण गरिएको छ। यो मूल्यवृद्धिसँगै अब कच्चा तेलको मूल्य प्रति ब्यारेल ७० दशमलव २४ अमेरिकी डलर पुगेको छ।
सुलेमानीको मृत्युपछि अरु पनि समस्याहरू निम्तिन सक्ने खतरा बढेको विशेषज्ञहरू बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।