• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार २५, २०८३ Thu, Jul 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

जलजलाको व्यवस्थापनमा प्रदेश र संघीय सरकारबीच द्वन्द्व

दुई सरकारका रस्साकसीले संरक्षण क्षेत्रको घोषणा कार्यक्रम नै अलपत्र पर्ने स्थानीयको चिन्ता 
64x64
नेपाल लाइभ मंगलबार, पुस २२, २०७६  ०६:४२
1140x725

रोल्पा- रोल्पाको बहुचर्चित जलजला क्षेत्रको व्यवस्थापनको विषयलाई लिएर प्रदेश तथासंघीय सरकारबीच द्वन्द सुरु भएको छ। 

संघीय सरकारले संरक्षण क्षेत्रको रुपमा जलजलालाई अघि वढाउन सम्भाव्यता अध्ययन, साइट पोष्ट  स्थापना र नेचुरल गाईडसम्बन्धी तालिम सञ्चालन गरेपछि दुई सरकारबीच  विवाद सुरु भएको हो। संरक्षण क्षेत्रको विस्तृत अध्ययन  प्रतिवेदन  तयार भई घोषणालगत्तै कार्यान्वयनको चरणमा जाँदै गर्दा अधिकार क्षेत्रको विषयलाई लिएर दुई तहका सरकारबीच द्वन्द्व देखिएको हो। यसले संरक्षण क्षेत्रको घोषणा कार्यक्रम नै अन्योलमा  परेको छ।   

संघीय सरकारमार्फत् प्रकृति संरक्षण कोषलाई जलजला क्षेत्र व्यवस्थापनको जिम्मेवारी दिने तयारी भईरहेको छ। त्यससँगै आउने आम्दानी  पनि कोषकै हुने छ। संघीय सरकारअन्तर्गत रहे पनि प्रकृति  संरक्षण  कोष स्वायत्त  संस्था हो। कोषलाई संरक्षणको जिम्मा दिने गरी संघीय सरकारले बढाएको कामकारबाही  संघीयता विरोधी रहेको प्रदेश सरकारको टिप्पणी छ। 

प्रदेशभित्र रहेका राष्ट्रिय वन क्षेत्रको संरक्षण गर्ने अधिकार प्रदेश सरकारलाई भएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले बताए। ‘जलजला प्रदेश सरकारको सम्पत्ति  हो’, मन्त्री गिरीले भने, ‘जलजलालाई कसरी समृद्ध बनाउने भन्ने कुरा प्रदेश सरकारको सरोकारको विषय हो। संविधानले तोकेको जिम्मेवारी सबैले पालना गर्नुपर्छ।’
 
प्रदेश ५ को आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले पनि संविधानको अधिकार सूची बाँडफाडको व्यवस्थाअनुरुप जलजला प्रदेश सरकारको क्षेत्रभित्र पर्ने दाबी गरे। प्रदेश सरकारको अधिकारमाथि संघीय सरकारले हस्तक्षप गर्न  खोज्नु राम्रो नभएको रोल्पा १(क)को प्रदेश सभा सदस्य समेत रहेका  मन्त्री केसीको भनाई छ। 

२०७३/०७४ को बजेट, नीति तथा कार्यक्रममार्फत नेपाल सरकारले जलजलालाई संरक्षण क्षेत्रको रुपमा राखेको थियो। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल रोल्पा शाखाका अध्यक्ष मनसिंह डाँगीले प्रदेशभित्र रहेका राष्ट्रिय वन क्षेत्र प्रदेश सरकार मातहतमा रहने गरि संरचनासमेत बनिसकेका  बेला दुई तहका सरकारबीच  विवाद  हुनु जायज नभएको बताए। 

‘संरक्षण क्षेत्रको नाममा आसपासका उपभोक्ताको प्राकृतिक स्रोतमाथिको अधिकार हनन गर्न हुँदैन’, अध्यक्ष डाँगीले भने। 

भ्रमण वर्ष २०२० लक्षित गरी सरकारले निर्धारण गरेको एक सय गन्तव्यमा जलजलालाई पनि सूचीकृत गरिएको छ। गत वैशाख ४ गते ऊर्जा सिँचाइ तथा जलस्रोत मन्त्री वर्षमान पुनले जलजला गन्तव्यको शुभारम्भ गरेका थिए। जलजला क्षेत्रलाई साहित्यमार्फत् चिनाउने भन्दै रोल्पा नगरपालिकाले अघिल्लो वर्ष रोल्पा गुराँस साहित्य मेला आयोजना गरेको थियो। वैशाख १५ देखि ३ दिनसम्म चलेको  मेलामा पैदलयात्रा गरि जलजलामा रचना वाचन गरेको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले जानकारी दिए।  

nimb
nimb
Ncell 2
Ncell 2

कसरी पुग्न सकिन्छ जलजला?
       
जलजला पुग्न चार वटा मार्गको प्रयोग गरिँदै आएको छ। थवाङसम्मको गाडी यात्रापछि करिब ३ घण्टाको पैदलयात्रा गरि जलजला पुगिन्छ। यसैगरी सुलिचौर, फुलिवन, उवा हँुदै थवाङको माघे खर्कबाट पनि पैदलयात्रा गरि जलजला पुग्न सकिन्छ। सुलिचौर, जेल्वाङ हँुदै जलजला पुग्ने अर्को पदमार्गसमेत  छ। सदरमुकाम लिबाङवाट धवाङ, पेवा हँुदै जलजला पुग्ने अर्को पैदल मार्गसमेत छ। पर्यटनको राम्रो सम्भावना  रहेको जलजला  क्षेत्र व्यवस्थापनको विषयमा प्रदेश र संघीय सरकारबीच भएको रस्साकसीले कार्यक्रम नै अलपत्र पर्ने हो कि भन्ने स्थानीयको चिन्ता छ। स्थानीय समुदायको समेत अर्थपूर्ण सहभागिता हुने गरि संरक्षण क्षेत्रको जिम्मेवारी दिनुपर्ने डिभिजन वन अधिकृत दधिलाल कँडेलको भनाइ छ।

संघीय सरकारले प्रकृति संरक्षण कोषमार्फत् जलजलाको सर्वेक्षण गर्ने तथा साईन पोष्टिङ राख्ने काम गरेको छ। कोषकै आयोजनामा ७ दिने नेचुरल गाईडसम्बन्धी तालिम पनि सम्पन्न भईसकेको छ। जलजलालाई लक्षित गरेर संघीय सरकारले लिवाङ–जलजला सडक निर्माणको काम समेत थालिसकेको छ। उक्त सडकले जलजलाको सौन्दर्य नष्ट गर्ने जलजला नेचुरल गाईडको तालिम लिएका रोल्पा नगरपालिका १० का शुकलाल रोकाले बताए। ‘सडक निर्माणको काम तीव्र गतिमा भइरहेको छ हाम्रो माग जलजलाको आधार शिविर घामतापासम्म मात्रै सडक लैजानु पर्छ भन्ने  हो तर जलजलासम्म सडक लैजाने गरि काम  थालनी भएको देखिन्छ’,  रोकाले भने। 

३ हजार १ सय ७२ मिटर उचाइमा रहेको घाँसे मैदानी, दलदले भूमि रहेकाले यसलाई जलजला भनिएको हो। दलदले क्षेत्रमा पानी जम्ने र जमिन हल्लिने भएकाले दलदलेबाट जलजला भएको बताइन्छ। चरन क्षेत्रको रुपमा रहेको जलजलालाई पशुपालनका लागि राम्रो सम्भावना बोकेको क्षेत्रको रुपमा लिने गरिन्छ। सो क्षेत्रको वन्यजन्तु, गैरकाष्ट वनपैदावरको संरक्षण तथा भूसंरक्षणलाई समेत मध्यनजर गर्दै २०५५ देखि तत्कालीन विद्रोही माओवादीको पहल र स्थानीय समुदायको सहभागितामा चरिचरन बन्द गरिएको थवाङका ऋषिकेशव बुढाले जानकारी  दिए। 

सिस्ने, पुथा, धवलागिरी, नीलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे लगायतका हिम चुचुराको मनोरम दृश्य एकैपटक अवलोकन गर्न सकिने सो क्षेत्रलाई प्रकृतिको वरदानको रुपमा लिने गरिन्छ। थार, घोरल, मृग, बँदेल, भालु, चितुवा, बाघ, कस्तुरी, रातो पाण्डा, डाँफे, मुनाल, कालिजलगायतका वन्यजन्तु पाईने सो क्षेत्रमा पाँच औले, विषमा, अतिस, कुठ, सतुवा, निरमसी, पाषणवेद, सुगन्धवाल, चिराईतो लगायतका जडीबुटीसमेत पाईन्छ। समुन्द्री सतहबाट ३ हजार २ सय ६६ मिटर उचाइमा रहेको जलजलाको चुचुरोका रुपमा रहेको धरमपानी भने ३६०० मिटरको उचाइमा छ। सदरमुकाम लिवाङवाट समेत देखिने धरमपानीको चुचुरालाई नै धेरैले जलजला ठान्ने गर्छन्। यहाँ माओवादी जनयुद्धका शहिदहरूको सम्झनामा ५ कुने शहिद स्मृति स्तम्भसमेत निर्माण गरिएको छ।

जलजलाबाट सूर्योदयको आकर्षक दृश्य अवलोकन गर्न सकिन्छ। राष्ट्रकै सम्पदाको रुपमा रहेको जलजला क्षेत्र चैतदेखि भदौसम्म रंगीबिरंगी फूलले प्राकृतिक फुलबारी झैं देखिन्छ। दर्जनौ प्रजातीका गुराँस, गन्धव, हाङव रथविरथ, पातव, विन्जेरीव, धस्किनि जिलाव लगायतका फूल चैतदेखि भदौसम्म फुलिरहन्छन् भने हिउँदमा पर्ने सेताम्य हिउँले जलजलाको आकृति नै परिवर्तन हुने गर्दछ। 

प्रकाशित मिति: मंगलबार, पुस २२, २०७६  ०६:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ट्राफिक कारबाहीमा १८ लाख ६० हजार राजस्व असुली
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
ट्राफिक कारबाहीमा १८ लाख ६० हजार राजस्व असुली बिहीबार, असार २५, २०८३
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण बिहीबार, असार २५, २०८३
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य बिहीबार, असार २५, २०८३
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची बिहीबार, असार २५, २०८३
विदेशी सम्बन्धनका कलेजका लागि नयाँ नियमावली, उत्कृष्ट एक हजार विश्वविद्यालयको सम्बन्धन अनिवार्य बुधबार, असार २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सम्पत्ति शुद्धिकरणको आरोपमा अर्जेन्टिना फुटबल संघमाथि एफबीआईको अनुसन्धान बुधबार, असार २४, २०८३
यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु बुधबार, असार २४, २०८३
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण बिहीबार, असार २५, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने बुधबार, असार २४, २०८३
सभामुखलाई राजेन्द्र राईको चुनौती : कुरा बुझिसकेँ, खुट्टी हेरिसकेँ, तपाईंले ५ वर्ष संसद् चलाउनुहुन्न ! बुधबार, असार २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] मंगलबार, असार २३, २०८३
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
भुटानी शरणार्थी मुद्दामा बादल र टोपबहादुरका छोराहरुसहित ७ जनालाई सफाइ मंगलबार, असार २३, २०८३
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ सोमबार, असार २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्