काठमाडौं– डढेलोले तहसनहस बनाएको क्षेत्रमा पानी पर्न थालेपछि क्षणिक रुपमै भए पनि अस्ट्रेलियामा राहत महसुस गरिएको छ।
पानी परेसँगै तापक्रम पनि घटेको छ। तर त्यहाँका अधिकारीहरुले तापक्रम पुनः बढ्न सक्ने चेतावनी दिएको बीबीसीले उल्लेख गरेको छ।
सिड्नीदेखि मेलबर्नसम्म धमिलो वर्षा भइरहेको छ भने न्यू साउथवेल्स क्षेत्रमा मुसलधारे वर्षा भइरहेको बताइएको छ।
तर, अधिकारीहरुले आइतबार साँझ चेतावनी दिँदै बिहीबार तापक्रममा पुनः वृद्धि हुन सक्ने बताएका छन्। उनीहरुले भिक्टोरिया र न्यू साउथवेल्स क्षेत्रको आगलागीले ठूलो ज्वाला सिर्जना गर्न सक्ने पनि बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।