काठमाडौं– अमेरिकी सेनालाई देश निकाला गर्ने प्रस्ताव इराकी संसदले पारित गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमाथि थप प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्।
‘त्यहाँ हाम्रा धेरै महंगा हवाई सैन्य अखडा छन्,’ ट्रम्पले भनेका छन्, ‘यो बनाउन खर्बौं डलर लाग्छ। त्यो पैसा फिर्ता नदिएसम्म हामी त्यहाँबाट फिर्ता हुँदैनौं।’
शुक्रबार आफ्नै भूमिमा अमेरिकी हवाई हमलाबाट इरानका विशेष फौजका प्रमुख कासिम सुलेमानी मारिएपछि इराकको संसद्ले आइतबार उक्त प्रस्ताव पारित गरेको थियो।
सबै विदेशी सैन्य बललाई इराकको भूमि, हवाई क्षेत्र र जलक्षेत्र प्रयोग गर्नबाट समेत रोक लगाउन संसद्ले सरकारलाई निर्देशन दिएको छ।
उता इराकका प्रधानमन्त्री अब्दुल महदीले पनि विदेशी सेनालाई इराक छोड्न आग्रह गरिसकेका छन्।
‘इराकसामु २ विकल्प छन्, हामी तत्काल अमरीकी सैनिकलाई देश निकाला गर्न नयाँ विधेयक पास गर्छौं वा तालिममात्र संचालन गर्न पाउने गरी सीमित गर्छौं,’ उनले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।