• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २७, २०८३ Fri, Nov 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

कलाकारको दोहोरो चरित्र : आफ्नै हातमा डाडुपन्यू परेपछि किन बदलिन्छन् यसरी?

64x64
नेपाल लाइभ सोमबार, पुस २१, २०७६  ११:१०
1140x725

काठमाडाैं- बलिउडमा करिब एक दशक अभिनेताका रूपमा काम गरेपछि जोन अब्राहम आफैंले फिल्म निर्माण गरे, ‘विक्की डोनर’। त्यतिबेला उनलाई मिडियाले सोध्यो– ‘किन बन्नुपर्‍यो निर्माता?’

जवाफमा उनले भने, ‘मैले आफूले चाहेजस्तो आफ्नै स्वादको फिल्म कहिल्यै गर्न पाइनँ, त्यसैले आफै‌ंले फिल्म निर्माण गरेँ।’ वीर्यदानको कथामा आधारित ‘विक्की डोनर’को चौतर्फी प्रशंसा भयो। अनि, पहिलोपटकमै निर्माताका रुपमा जोन सफल भए।

त्यसपछि उनी लगातार गम्भीर विषयमा फिल्म बनाइरहेका छन्। राष्ट्रिय सुरक्षाका मुद्दा बोकिरहेका छन्। चाहे त्यो राजीव गान्धी हत्याकान्डमा आधारित ‘मद्रास क्याफे' होस् या पछिल्लो पटक निर्मित दिल्ली बम विस्फोटमा आधारित ‘बाट्ला हाउस’, उनी सधैँ फिल्म निर्माणका मामिलामा गम्भीर देखिरहेका छन्। भलै कलाकारका रुपमा उनको पहिचान ‘एक्सन हिरो’को छ। 

अझ आमिर खान त्यस्ता उदाहरणका रुपमा स्थापित हुँदैछन्, जो फिल्ममा अभिनयदेखि निर्माण दुवै मामिलामा संवेदनशिल देखिरहेका छन्। चाहे त्यो ‘थ्री इडियट्स’, ‘पिके’ होस् वा ‘दंगल’। 

अब प्रश्न ती नेपाली कलाकारलाई, जो आफू अभिनय गरिरहँदा आफूले भनेजस्तो सिनेमामा काम गर्न नपाएको गुनासो गरिरहन्थे, तिनीहरुले आफैं निर्माता भइसकेपछि छिमेकी कलाकार जोन अब्राहमझै‌ आफूले हेर्न चाहेकोजस्तै सिनेमा बनाए त? 

सिनेमासम्बन्धी बौद्धिक मञ्चहरुमा पुगेर जेजस्तो मुद्दा उठाउने गर्थे, आफै‌ं निर्माणमा होमिएपछि ती मुद्दाहरुको सम्बोधन गरे त? 

गहिरिएर नतिजा केलाउने हो भने प्रश्नको जवाफ निराशाजनक छ। 

०००

Ncell 2
Ncell 2
nimb
nimb

नेपाली सिनेमामा समावेशिता र सामान्यताका विषयले प्रवेश पाउन थालेको लोकतन्त्रको आगमनपछि मात्रै हो। एउटा समय थियो, जतिबेला थेप्चो नाक र चिम्सो आँखालाई नेपाली सिनेमा ‘हिरो’ मान्दैनथ्यो। 

‘हिरो’ त परको कुरा, उनीहरुको सहभागिताकै नै मुश्किल विषय थियो। दयाहाङ राई त्यसकै एक उदाहरण थिए, जसलाई कुनैबेला फिल्ममा काम पाउन सजिलो थिएन। 

उनी तिनै अनुहार हुन्, जो कुनैबेला चकलेटी अनुहारका आर्यन सिग्देलले ‘मेरो एउटा साथी छ’ फिल्ममा प्रमुख भूमिकामा अभिनय गर्दा उनी त्यसमा सहायक भूमिकामा थिए। सहायक पनि त्यस्तो कि सायदै दर्शकले उनलाई नोटिस्ड गरे।

२०६८ सालमा निश्चल बस्नेतले ‘लुट’ निर्देशन गरेपछि नेपाली सिनेमाले अर्को एउटा फरक स्वाद समात्न थाल्यो। ‘लुट’हुँदै ‘कबड्डी’मा ‘काजी’ भइसक्दा दर्शकको यति प्रिय  भए कि बजारमा उनको माग ह्वात्तै बढ्न थाल्यो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यतिबेला दयाहाङसहित सौगात मल्ल, खगेन्द्र लामिछानेलगायतको उपस्थितिले नेपाली सिनेमामा रहँदै आएको ‘हिरो’को परम्परागत मानक नै तोडियो। 

त्यसपछि सिनेमाको हिरो बन्न खाइलाग्दो जिउडाल, चकलेटी अनुहार, लामो कपाल र स्टाइलिस्ट पहिरन भइरहन परेन। 

मानक त तोडियो तर यतिबेला योसँगै एउटा गम्भीर प्रश्न पनि खडा भएको छ– कतै यो मानकसँगै दयाहाङहरुले वर्षौदेखि बोल्दै आइरहेको त्यो वचन पनि तोडे कि?

‘कस्तो वचन?’

‘कस्तो मुद्दा?’

प्रश्न पक्कै उब्जिन्छ। 

जतिबेला नेपाली सिनेमामा आदिवासी जनजातीको अनुहार थिएन, त्यतिबेला दयाहाङहरुको आवाज थियो– ‘हाम्रो सहभागिता खोइ?’

जब बलियोगरी सहभागिता हुन थाल्यो त्यसपछि दयाहाङ राई लगातार गुनासो गर्दैछन्, ‘हाम्रो अनुहार त आयो तर कथा आएन।’ 

जब डाडुपुन्यू आफ्नै हातमा आइपुग्यो, जब आफैले फिल्म निर्माण गरे, त्यसपछि पनि उनको गुनासो रोकिएको छैन, ‘हाम्रो अनुहार आयो तर कथा आएन।’

र, यतिबेला उनको गुनासोसँगै उनीमाथि प्रश्न तेर्सिएको छ– आफै‌ं निर्माता भएपछिचाहिँ किन उनले ‘कमेडी बजार’लाई पछ्याउँदै ‘माछा माछा’ बनाए? अरुले ल्याउन नसकेको उनीहरुको कथा आफै‌ं प्रोड्युसर भएपछि उनी आफैंले किन ल्याउन चाहेनन्? आफ्नो मुद्दा आफैं किन उठाएनन्?

हो, दयाहाङ हालसालै फिल्म ‘माछा माछा’मार्फत प्रोड्युसर बनेका छन्। ‘क्राइम कमेडी’ विधामा बनेको यो फिल्मले पैसाका लागि जे पनि गर्न तयार युवाहरुको कथा भन्यो। 

फिल्म हेरेपछि शंका पनि उब्जायो– कतै दयाहाङ अब आफ्नो मुद्दालाई बिर्सिएर पैसाकै लागि जस्तो पनि सिनेमा बनाउन तयार भएका त होइनन्?

फिल्म क्षेत्रमा दयाहाङको प्रवेश आदिवासी–जनजाति समुदायका निम्ति एउटा उपलब्धि थियो। तर, विडम्बना उनले अहिलेसम्म आफ्नो समुदायका मुद्दा र एजेन्डा बोकेका फिल्ममा काम गर्न सकेका छैनन्। 

मलाई अझै याद छ, ०७३ साल असारतिर दयाहाङसँग अन्तरवार्ता लिन जाँदा उनले यो आरोप स्वीकारेका थिए। उनले त्यतिबेला भनेका थिए, ‘म अहिले कथामा भन्दा पनि चरित्र निर्माणको प्रयत्नमा छु। सिनेमा सौन्दर्यले किनारामा परेका चरित्रलाई स्थापित गर्ने कोसिसमा छु। मैले जति गर्नुपर्ने हो त्यो गरेको छुइनँ होला, जति बोल्नुपर्ने हो त्यति बोलेको छुइनँ होला। तर, त्यसको उपस्थिति चाँहि कस्तो रह्यो भन्ने कूरा मूल्यांकन गर्नुपर्छ जस्तो लाग्छ।’

त्यो समय बजारतिर खबर छाइरहेको थियो– दयाहाङलाई २० दिनमा ३५ फिल्मको अफर। हो, उनीका बजारका स्टार भइसकेका थिए। उनका कारण दर्शक हलसम्म आइरहेका थिए। 

सँगसँगै उनलाई आरोप पनि लागिरहेको थियो। व्यावसायिक हुने नाममा उनी अर्को राजेश हमाल हुन खोजिरहेका छन्। उनी स्वयम्ले आफूलाई त्यो खतरा महसुस भइरहेको स्वीकारेका थिए। 

त्यतिबेला उनले भनेका थिए, ‘त्यसैले म अहिले मेकर्सहरुको मनोविज्ञान के हो? केका लागि सिनेमा बनाउँछन् भन्ने बुझ्नका लागि सिनेमामा काम गरिरहेको छु। मेरो अनुभवले के भन्छ भने धेरैजसो फिल्म मेकर्सहरु दर्शकलाई सोचेर सिनमा बनाउँछन्। उनीहरु आफ्नो लागि बनाउँदैनन्। जुन दिनदेखि आफ्नालागि सिनेमा बनाउन थाल्छन्, त्यो दिनदेखिचाहिँ म सफल भएको महसुस गर्छु।’

त्यतिबेला त्यसरी टिप्पणी गर्ने दयाहाङलाई आज प्रश्न गर्ने मन छ, आज आफैं फिल्म मेकर भएपछि फेरि किन आफ्ना लागि सिनेमा नबनाएको? किन दर्शकलाई नै सोचेर सिनेमा बनाएको? कि तपाईंले खोजिरहेको आफ्नो कथाको उदाहरण यी र यस्तै सिनेमा हो? 

हालसालै हिमाल खबरपत्रिकासँगको एक अन्तरवार्तामा दयाहाङले भनेका रहेछन्, ‘हामीले हाम्रो कथासम्म पुग्ने आँट नै गर्न सकिरहेका छैनौं। त्यसका लागि पर्याप्त ज्ञान पनि छैन। जस्तो– म राई, मेरो जीवनदर्शन अर्को राईसँग नमिल्न सक्छ। त्यति मात्र होइन, म वान्तवाभाषी, अर्को वान्तवाभाषीसँगै संस्कार बेग्लै हुन सक्छ। यसका लागि त गहिरो अध्ययन गर्नुपर्छ, जसका लागि फिल्मकर्मीमा धैर्य छैन।’

बजारिया प्रभावमा परेर निर्माण भएको उनको ‘माछा माछा’ हेरेपछि उनलाई प्रश्न किन नगर्ने– कलाकार हुँदासम्म त ठिकै थियो तर आफै निर्माता भइसकेपछि पनि त्यो आँट, त्यो धैर्यता तपाईंसँग किन भएन?’ 

०००

हालसालै एक फिल्मसम्बन्धी कार्यक्रममा फिल्म निर्देशक नविन सुब्बाको टिप्पणी थियो,  ‘नेपालमा खास आदिवासी चरित्र बोकेका फिल्म बनेकै छैनन्।’ फिल्मकर्मीहरु अहिलेसम्म ‘दालभात’कै लागिमात्र सिनेमा बनाइरहेको तर्क थियो। 

दृश्य देखिन्छ पनि त्यस्तै। दयाहाङ आफैले अन्तरवार्ताका क्रममा मसँग गुनासो गरेका थिए, ‘म राई हो र स्क्रिप्ट राइटरले गहिराइमा नगइकन दर्शक हँसाउने बहानामा गुरुङ, मगर लिम्बु आदि क्यारेक्टरको प्रस्ताव ल्याइहाल्छान्। उनीहरुलाई लाग्दो हो, जनजाति सबै एउटै हुन्। कुनै पनि चरित्रको गहिराइमा नपुगिकन हचुवाको तालमा स्क्रिप्ट लेखिदिन्छन्। त्यस्तो अवस्थामा म आफै रिस्क मोलेर काम गर्छु। र, चरित्रलाई सक्दो न्याय दिलाउने कोसिसमा हुन्छु। किनकी यहाँ काम गर्दिनँ भन्दा ‘यो ठूलो भएछ, स्टार भएछ’ भनेर कुरा काट्नेका कमी छैन। बुझाएर काम गरौ‌ं भने बुझ्नेहरु कोही छैनन्। त्यसैले बुझाउनै छोड्दिन्छु।’

उनको यो जवाफबाटै प्रष्ट हुन्छ– यहाँ अरुले कुरा नकाटोस् भनेर जस्तो पनि फिल्म खेल्नुपर्ने बाध्यता छ। 

०००

दयाहाङ जुन परिवर्तनको जगमा उभिएर उदाए, आफ्नो हातमा डाडुपुन्यू परेपछि आज उनले त्यसैलाई बेवास्ता गरे। बजारकै पछि दौडिरहेका छन् उनी, त्यो पनि घोडाको गतिमा। उनले निर्माण गरेकोमात्रै नभएर अभिनय गरेका अनगिन्ती सिनेमाको चरित्रचित्रण हेरेपछि त्यो स्पष्ट हुन्छ नै। 

तर, यसरी आफूले उठाएका मुद्दा आफैसँग डाडुपुन्यू भएपछि बिर्सने कलाकारको सूचीमा उनी एक्ला छैनन्, उदाहरण धेरै छन्।

यो विषयमा चर्चा गरिरहँदा फिल्म क्षेत्रमा बौद्धिक अभिनेत्रीको छवि बनाएकी केकी अधिकारीलाई बिर्सन मिल्दैन। चाहे फिल्मसम्बन्धी बौद्धिक मन्चमा होस् या सामाजिक संजालका भित्ताहरुमा उनले सधैँ महिलासँग जोडिएका मुद्दामा कडासँग आवाज उठाइरहिन्। 

फिल्म र फिल्म क्षेत्रमा महिलाको उपस्थितिलाई लिएर सधैँ टिप्पणी गरिरहिन्। महिलाका मुद्दामा खरो उत्रिएर महिलावादीको छवि बनाएकी उनले अभिनय गर्दासम्म त जस्तोसुकै विषय रोजे पनि ‘व्यावसायिक’ आवरणमा चलेकै थियो। तर, आफैँ फिल्म निर्माण होमिएपछि जब उनले हिन्दी फिल्म ‘मुम्बई एक्सप्रेस’बाट हुबहु दृश्य कपी गरेर फिल्म ‘कोहलपुर एक्सप्रेस’ बनाइन्, त्यसपछि उनको बौद्धिक छविमाथि मात्रै प्रश्न उठेन, बोलेको व्यवहारमा उतार्न नसक्ने कलाकारको सूचीमा समेत नाम दरियो। 

केकीको ‘कोहलपुर एक्सप्रेस’लाई ‘मुम्बई एक्सप्रेस’बाट फरक देखाउन ऋचा शर्माले निर्वाह गरेको बार गर्लको क्यारेक्टरमा थोरै ट्विस्ट गरिएको थियो। ‘मुम्बई एक्सप्रेस’मा मनीषा कोइरालाले निर्वाह गरेको ‘बारगर्ल’ले त एउटै पुरुषसँग सम्बन्ध राखेको देखाइएको थियो। तर, उनको फिल्ममा त ऋचाले पैसाका लागि तीनजना पुरुषलाई एउटै आरोपमा फसाउन खोजेकी छन् ।

कथालाई ट्विस्ट गर्ने निहुँमा केकीको फिल्ममा महिलाको चरित्रलाई झन् कमजोर रुपमा प्रस्तुत गरिएको थियो। महिलावादी केकीले कम्तीमा महिलाको चरित्र चित्रणमा यत्ति नगरिदिएको भए उनको बहस पैरवीको लाज जोगिन्थ्यो। तर, त्यसो हुन सकेन। 

त्यसो त केकीमात्रै होइन्, सो फिल्ममा ‘बार गर्ल’को भूमिका निर्वाह गरेकी ऋचा समेत फिल्म क्षेत्रमा गम्भीर कहिलने अभिनेत्री हुन्। यतिसम्म कि एक सिनेमासम्बन्धी बहस कार्यक्रममा उनले फिल्म ‘छक्कापन्जा’को महिला चरित्रचित्रणलाई लिएर खरो टिप्पणी गर्दा फिल्मसँग सम्बन्धित कलाकारको ठूलो समूहले उनलाई ‘गेट वेल सुन’भन्दै खेदो खनेको थियो। 

बहसका क्रममा उनले त्यतिबेला भनेकी थिइन्, ‘छक्का पञ्जामा महिलालाई दैनिक पिट्न पाउनुपर्छ भनिएको छ। जुन दृश्य हेरेर दर्शकहरु खुब हाँसे र ताली पनि पिटे। दर्शक रमाएको देखेर लाग्यो देखाउन हुने सामान्य कुरा देखाएको हो त? तर महिला, पुरुष सबै रमाएको देखेर मलाई चाहिं रिस उठेको थियो।’

ऋचाले बहसका क्रममा आफूले ‘छक्का पन्जा’लाई लिएर निर्देशक दीपाश्री निरौलालाई प्रश्न गरेको अनुभवसमेत सुनाएकी थिइन्। ‘दीपा दिदी तपाईं महिला भएर के फिल्म बनाउनु भएको यो? भनेर प्रश्न गरेको थिएँ,’ उनले कार्यक्रममा सुनाइन्। 

ऋचाले राखेको यो अभिव्यक्ति सामाजिक संजालमा सार्वजनिक भएपछि छक्का पञ्जा युनिट रिसले चुर देखियो। फिल्म युनिटका निर्माता दीपकराज गिरी, निर्देशक दीपाश्री निरौला, कलाकारहरु प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, गौरव पहारी लगायतले ऋचालाई व्यङ्ग्य गर्दै एउटै स्टाटस पोस्ट गरे। स्टाटसमा लेखिएको थियो, ‘एकजना नायिकाले हाम्रो चलचित्र हेरेर ताली बजाउने दर्शकलाई मूर्ख भन्नु भएछ।’ प्रिय नायिकाज्यू दर्शकलाइ मूर्ख भन्नु भएकोले नै तपाई‌ंका फिल्मले कहिल्यै दर्शक पाएनन्, गेट वेल सुन।’

यो घटनाका बेला ऋचाको धेरैले वाहवाही गरे। महिला चरित्रचित्रणलाई लिएर उनको गरेको टिप्पणीको फिल्म चिन्तक, समीक्षकहरुले खुलेर तारिफ गरे।

अब प्रश्न उठ्छ– यसरी महिलाको मुद्दामाथि प्रश्न गर्ने ऋचा आफै निर्मात्री भएपछि किन ‘आधा लभ’ र ‘सुनकेशरी’ बनाउनतिर लागिन्? ‘महिलाका मुद्दा हामीले नभने कसले भन्ने’ भन्ने भाव उनमा किन पलाएन? 

हालै ऋचा ‘कमेडी च्याम्पियन’ नामक कमेडी रियालिटी शोको जुरी छिन्। जहाँ उनी आफैलाई व्य‌ङ्ग्य गरिररहेकी छिन्, ‘हरर फिल्म बनाउन खाजेको कमेडी भएछ। दर्शक हाँसे। त्यसैले कमेडीतिर लागियो।’

०००

राजनीतिक दलहरु प्रतिपक्षमा भइन्जेल चर्को स्वरमा आवाज उठाउँछन्– ‘यो भएन, त्यो भएन।’ तर जब उनीहरु आफै सत्तामा पुग्छन्,  त्यसपछि आफूले प्रतिपक्षमा हुँदा उठाएका मुद्दा बिर्सिन्छन्, उही चरित्र दोहोर्‍याउँछन्। 

दयाहाङ, केकी, ऋचा लगायत उदाहरणबाट के प्रष्ट हुन सकिन्छ भने नेपाली फिल्म क्षेत्र र नेपाली कलाकार यही राजनीतिक चरित्रबाट प्रभावित भइरहेका छन्। 

आफू निर्माता नहुँदासम्म या आफ्नो हातमा डाडुपुन्यू नहुँदासम्म उनीहरु चर्को स्वरमा बोलिरहेका थिए। हाम्रो फिल्ममा यो भएन, त्यो भएन। तर, जब उनीहरु आफै फिल्ममेकर भए, जब उनीहरुकै हातमा सत्ता आइपुग्यो त्यसपछि  कहाँ पुगे उनीहरुले उठाएका मुद्दा? 

गम्भीर ठानिएकाहरु आफैंले गम्भीरतापूर्वक काम गर्दैनन् भने अरु कसले गर्छ? केकीले  ‘कोहलपुर एक्सप्रेस’ कपी थियो भनेर फिल्म निर्माण गर्दासम्म आफूलाई थाहा नभएको, स्क्रिप्ट राइटरले झुक्याएको केही समयअघि लिइएको अन्तरवार्तामा बताएकी थिइन्। अब अर्को फिल्म बनाउँदा यो फिल्म बनाएर गुमेको मान आफूले फर्काउने उनको दाबी थियो। 

यदि दयाहाङ, केकी, ऋचाहरुले उठाइरहने मुद्दा साँच्चिकै उनीहरुका मुद्दा हुन्, उनीहरुले सिनेमामा हेर्न चाहेका विषय हुन् भने उनीहरु आफैं फिल्ममेकर भइसकेपछि पनि त्यसलाई सम्बोधन गर्न के कारणले चुकिरहेका छन्? बजारसँग सम्झौता गर्नुपर्ने बाध्यता नै कारण हो? 

खैर, कारण जे होस्, बोलीमा एउटा व्यवहारमा अर्को हुने चरित्रले एउटा कलाकारलाई कहिल्यै आदर्श बनाउँदैन। न यसले नेपाली फिल्मको प्रगतिमा कुनै फाइदा नै पुर्‍याउँछ। 

प्रकाशित मिति: सोमबार, पुस २१, २०७६  ११:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनपीएल : टस जितेर जनकपुर ब्याटिङमा
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ
भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव परीक्षण गर्न सहमत
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
एनपीएल : टस जितेर जनकपुर ब्याटिङमा शुक्रबार, कात्तिक २७, २०८३
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ शुक्रबार, कात्तिक २७, २०८३
भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव परीक्षण गर्न सहमत शुक्रबार, कात्तिक २७, २०८३
काडमान्डू गोर्खाजलाई ७ रनले हराउँदै सुदूरश्चिम प्ले अफमा शुक्रबार, कात्तिक २७, २०८३
‘सरकार कोठा खाली छ’ आन्दोलनलाई समर्थन गर्न जेनजी अगुवा मिराज ढुंगाना माइतीघरमा शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्