• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

युरोप मोहले गुम्दै खाडीको कमाइ

64x64
नेपाल लाइभ मंगलबार, पुस २२, २०७६  ०५:५५
1140x725

काठमाडौं- सिन्धुपाल्चोकका नरेशमान तामाङ कतारमा २ वर्ष पसिना बगाएर स्वदेश फर्किए। दुई वर्ष कतारमा काम गरेर कमाएको पैसा ऋण तिरेर केही बचेको थियो उनको। उनी फेरि खाडी जाने वा नेपालमै केही व्यवसाय गर्ने भन्ने दोधारमा परे।नरेशमानका केही साथीहरुले युरोपेली मुलुक अर्मेनियामा राम्रो कमाइ हुने सुनाए। दोधारमा रहेका नरेशमानलाई युरोप मोहले तान्यो। उनी अर्मेनिया जान तयार भए।

तर, उनलाई भनिएअनुसार अर्मेनिया युरोपियन राष्ट्र होइन। याे पश्चिम एसियाली मुलुक हो। एसिया र युरोपको बीचमा पर्ने यो मुलुकबारे नरेशमानलाई थाहा थिएन। तर, युरोप जान पाइने र कमाइ पनि राम्रो हुने सुनेपछि उनी अर्मेनिया जान तयार भएका थिए। उनकाे अपेक्षा पनि कमाउने नै थियो।

अर्मेनियाको सुपरमार्केटमा सेल्सको काम गर्ने भनिएको थियो उनलाई। मासिक ७ सयदेखि ९ सय डलरसम्म आम्दानी हुने र ओभरटाइमलगायत सेवा-सुविधा पनि हुने भएपछि उनी मख्ख पनि थिए।

काठमाडौंकाे धुम्बाराहीस्थित एटलस ओभरसिज प्रालिले उनलाई अर्मेनिया पठाउने भनेको रहेछ। साथीहरुसँगै नरेशमान कामका बारेमा बुझ्न म्यानपावर पुगे। म्यानपावरले ३ लाख रुपैयाँ लाग्ने सुनायो। मासिक ७ सयदेखि ९ सय डलर कमाइ हुने भएपछि उनले म्यानपावरलाई सजिलै ३ लाख रुपैयाँ दिए।

‘युरोपेली मुलुक हो भन्ने सुने कमाइ पनि राम्रो होला भन्ने लाग्यो। कतारबाट कमाएर ल्याएको पैसा छँदै थियो। त्यति लगानी गरेर राम्रो कमाइ हुने ठाउँमा पुगिन्छ भने त भइहाल्यो नि भन्ने सोचेँ,’  नरेशमानले नेपाल लाइभसँग भने।

नरेशमानले पैसा बुझाए। अर्मेनिया जान भारतको रुट प्रयोग गर्नुपर्ने म्यानपावरले सुनायो। नरेशमानले भारत हुँदै जानु अवैधानिक भएको सुनेका थिए। म्यानपावरलाई उनले भने, ‘म भारत हुँदै त जान्न। यसरी जानु त अवैध हो।’

म्यानपावरले नेपालबाट सिधैं अर्मेनिया उडान नभएको भन्दै भारतस्थित नेपाली दूतावासबाट 'नो अब्जेक्सन लेटर' (एनओसी) लिएर वैधानिक रुपमा जान मिल्ने सुनायो। त्यसपछि नरेशमान र उनका साथीहरु भारत हुँदै अर्मेनिया जान तयार भए।

नरेश र उनका साथीहरुसहित अन्य २२ जना युवालाई म्यानपावरले भारतको नयाँ दिल्लीमा लगेर राख्याे। उनीहरुबाट प्रतिव्यक्ति ३ देखि ५ लाख रुपैयाँसम्म लिइएको थियो। कहिले एउटा होटलमा राख्थ्यो त कहिले अर्कोमा उनले सुनाए। म्यानपावरका एजेन्टले भिसा भोलि–भोलि भन्दै उनीहरुलाई झुलाइरहेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

नरेशमान र उनका साथीहरुले करिब ३ महिना भारतमा बिताए। तर, भिसा आएन। पछि एजेन्ट नै बेपत्ता भएपछि मात्र आफूहरु ठगिएको उनीहरुले थाहा पाए। ‘हामी २२ जनामा मध्ये खाडीमा कमाएर आएका साथीहरु बढी थियौँ, खाडीमा भन्दा राम्रो कमाइ अर्मेनियामा हुने भन्दै एटलस म्यानपावरले हामीबाट ६५ लाखभन्दा बढी रकम उठाएको थियो,’ नरेशमानले भने।

अहिलेसम्म म्यानपावरले उनीहरुबाट लिएको रकम फिर्ता दिएको छैन्। पैसा माग्न धाउँदा-धाउँदा नदिएपछि उनीहरुले वैदेशिक रोजगार विभागमा उजुरी हालेका छन्। ‘हामी जस्ता थुप्रै युवालाई अर्मेनिया युरोप हो भन्दै झुक्याएर अर्बौं रकम ठगी गरेको रहेछ,’ उनले भने।

000

साउदीमा हेभी ट्रक चालकका रुपमा ५ वर्ष काम गरेर फर्किएका रसुवाका चक्र तामाङ साउदीभन्दा राम्रो कमाइ हुने मुलुकको खोजीमा थिए। सोही क्रममा पोखरा घर बताउने कमल गुरुङसँग उनको भेट भयो। कुरा गर्दै जाँदा उनले पोल्यान्डमा ड्राइभिङ काममा धेरै राम्रो कमाइ हुने सुनाए। ‘ड्राइभिङ काम नै गर्ने भएपछि युरोपमै गर न। एकदम राम्रो कमाइ हुन्छ। एक महिनामा १ हजार डलरभन्दा बढी कमाइ हुन्छ,’ ति एजेन्टले भनेका थिए।

Xtrem

Xtrem

पोल्यान्डमा कमाइ राम्रो भएकाले कमाइअनुसार लागत लाग्ने उनले सुनाए। पोल्यान्ड जान १२ लाख रुपैयाँ लाग्ने उनले सुनाएका थिए। सुरुमा चक्रले ५ लाख रुपैयाँ बुझाए। पोल्यान्ड उड्ने दिन नै बाँकी रकम बुझाउने दुई जनाबीच सहमति भयो।

चक्रले साउदीका सडकमा हेभी ट्रकको स्टेरिङ घुमाएर कमाएको पैसा थियो त्यो ५ लाख रुपैयाँ। युरोपमा टन्न कमाइ हुने भएपछि बाँकी ऋण मिलाएर जाने तयारीमा थिए उनी।

पोल्यान्डको भिसा कुरेर चक्र काठमाडौंमा ३ महिना बसे। भिसा आउँछ-आउँछ भन्दै एजेन्ट कमलले उनलाई थमथमाइ रहेका थिए। करिब ४ महिना पुग्न लागेपछि उनकाे एजेन्टसँग फोन सम्पर्क हुन छाड्यो।

त्यसपछि चक्रले न त एजेन्टलाई भेटे न त फोन सम्पर्क नै भयो। उनीसँग पैसा बुझाएको प्रमाण पनि केही छैन। केही दिनकाे भेटमा भएकाे कुराकानीलाई चक्रले सजिलै विश्वास गर्दा उनकाे खाडीमा बगाएकाे पसिनाकाे कमाइ पनि एजेन्टको खल्तीमा पुग्यो।

000

नरेशमान र चक्रजस्ता खाडीमा पसिनासँग पैसा साटेर फर्किएका युवाहरु युरोपेली मुलुक जाने माेहमा खाडीमा दुःख गरेर कमाएको रकम एजेन्टको खल्तीमा पुर्‍याउने धेरै छन्। भारत हुँदै युरोप पुर्‍याउने दलालले उनीहरूलाई बाटोमा नै अलपत्र पार्ने गरेका छन्।

कतिपय युवालाई पोल्यान्ड, पोर्चुगल, इटाली, टर्कीलगायत मुलुकमा राम्रो काम र कमाइ भएको भन्दै ठगी गर्ने गरेको पाइएको छ। कतिपय युवाहरुलाई युरोपेली मुलुक भन्दै जोखिमयुक्त मुलुकमा लगेर अलपत्र पार्ने गरिएकाे छ। रोजगारीको प्रलोभनमा  युवाहरु लिबिया, इराक, इजिप्ट, सिरियालगायतका जोखिमयुक्त मुलुकमा पुगेर अलपत्र परेका छन्। 

न्याय पहुँचबाट टाढा
युवाले एजेन्टलाई सजिलै विश्वास गरी रकम बुझाउने गरेको पाइएको छ। एजेन्टले नगद बुझेको प्रमाण समेत दिँदैनन्। आफूले बुझाएको रकमको प्रमाण नहुँदा उजुरी गर्न पनि समस्या छ।

वैदेशिक रोजगारीमा पठाउने भनेर लेखिएको प्रमाण नहुँदासम्म विभागले उजुरी लिँदैन। कुनै प्रमाण नभेटेसम्म प्रहरीले पनि उजुरी लिँदैन। यसकारण पीडितहरु न्यायकाे पहुँचबाट टाढा हुने गरेका छन्। एजेन्टले विभिन्न छद्मभेषी नाम प्रयोग गरेको हुँदा उनीहरुलाई पत्ता लगाउन समेत सजिलो छैन। यस्ता किसिमका ठगी रोक्न युवा नै सचेत हुनुपर्ने वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसाल बताउँछन्।

४ महिनामै १४ करोड ठगी
वैदेशिक रोजगारीको प्रलोभनमा व्यक्तिका साथै म्यानपावरबाट पनि युवा ठगीने क्रम बढ्दो छ। पछिल्लो समय म्यानपावरको ठगी व्यक्तिगत ठगीतर्फ मोडिने क्रम बढ्दै गएको महानिर्देशक भुसालले बताए। विभागले एजेन्ट खारेज गरेपछि पनि एजेन्टले प्रलोभन देखाइ ठगी गरिरहेको पाइएकाले युवाहरू सचेत हुनुपर्ने उनको भनाइ छ।

‘पछिल्लो समय वैदेशिक रोजगारीमा आफन्तले नै प्रलोभन देखाएर ठगी गर्ने प्रवृत्तिसमेत बढ्दै गएको छ। अमेरिका, युरोप मोहले ठूलो रकम एजेन्टको खल्तीमा गइरहेको छ,’ महानिर्देशक भुसाल भन्छन्, ‘हामी ठगी नियन्त्रणका लागि अहोरात्र खटिएका छौँ।’

विभागमा चालु आर्थिक वर्षको प्रथम चौमासिकमा ५ सय २ म्यानपावरबाट ठगीका उजुरी परेका छन्। वैदेशिक रोजगारीका नाममा म्यानपावरबाट नै ५ सय २ जनाबाट १३ करोड ७६ लाख ८५ हजार ८ सय भन्दा बढी ठगी भएको भन्दै विभागमा बिगो माग दाबी गरिएको छ।

सांकेतिक तस्बिर

प्रकाशित मिति: मंगलबार, पुस २२, २०७६  ०५:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्