काठमाडौं– आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता, १८ सदस्यमा चार दलका ४० उम्मेदवारको मनोनयन।
२) कुल आम्दानीको १० प्रतिशत रकम आमाबुबाको खातामा जम्मा गर्नुपर्ने प्रावधान हट्यो, जेष्ठ नागरिकको जीवनयापनमा समस्या आए सन्तानबाट रकम लिई स्थानीय तहले उपलब्ध गराउने।
३) लगानी सम्मेलनको सोकेसका २० आयोजनामा लगानीकर्ताले चासो नै दिएनन्, ७ अर्बको मल कारखाना अघि नबढ्ने संकेत, पर्यटन आयोजनामा पनि उत्साहित भएनन् लगानीकर्ता।
४) मनमोहन मेमोरियल राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा आर्मीको विजयी सुरुवात, कुशल मल्लको शतकमा एपीएफ १०८ रनले पराजित ।
५) र, सुलेमानी हत्याको बदला लिन खोजे इरानका ५२ स्थानमा हमला गर्ने ट्रम्पको चेतावनी, निशानाका स्थान इरानी संस्कृतिमा महत्वपूर्ण रहेको भनाइ, इरानबाट धम्की नचाहेको स्पष्ट ।
पूरा समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।