काठमाडौ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय अपराध महाशाखा, काठमाडौंका प्रहरी निरीक्षक जय नेपाल थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सेवाग्राहीको ४० हजार घुस लिएको अभियोगमा पक्राउ परेका उनीविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर भएको हो।
अपराध महाशाखा, काठमाडौंमा दर्ता रही जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको एक मुद्दामा रकम लिएको आरोपमा उनी पक्राउ परेका थिए। अनुसन्धानको सिलसिलामा महानगरीय अपराध महाशाखा टेकुका प्रहरी निरीक्षक थापाले आफ्नो जिम्मेवारी र पदीय दायित्वविपरीत ठगी मुद्दामा ठगी भएको रकम उठाइदिन वकिललाई दिनुपर्ने रकम हो भनी पीडितबाट रकम माग गरेको दावी आरोपपत्रमा गरिएको छ ।
थापालाई भ्रष्टाचार निवारण ऐनअनुसार कैद र विगो तथा जरिवाना गर्न अख्तियारले माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।