डडेल्धुरा- डडेल्धुरा उच्च पहाडी क्षेत्रमा बिहीबार परेको हिउँमा रमाउन आन्तरिकका साथै तथा बाह्य पर्यटकको समेत घुँइचो लाग्न थालेको छ।
जिल्लाको भीमदत्त राजमार्गमै पर्ने साहुँखर्क, मेलखर्क र हगुल्टे लेक क्षेत्रमा हिउँ खेल्ने र हेर्ने पर्यटकको घुँइचो लाग्न थालेको हो।
सुदूरपश्चिमका तराईका जिल्ला कैलाली, कञ्चनपुरसहित भारतका विभिन्न ठाउँबाट हिउँमा रमाउन तथा अवलोकन गर्न आउन थालेका हुन्। पलिया अस्पताल लखीमपुर खिरीकी डा. पुष्पा अग्रवाल शनिबार दिउँसो साथी, बालबच्चासहित डडेल्धुराको साहुँखर्कमा भेटिइन्। यहाँ आएर उनले पहिलोपटक नजिकबाट हिउँ देखिन्। उनले डडेल्धुरा आउँदा हिमाल नै चढेकोजस्तो महसुस भएको बनाइन्।
‘तस्बिरमा हिमाल देखकी थिएँ, यहाँ आउँदा हिमाल नै चढेजस्तो नै महसुस गरेँ,’ नेपालमा नेपाल भ्रमण वर्ष २०२० चलिरहेको उल्लेख गर्दै उनले सीमामा पनि आफूहरूलाई स्वागत गरिएको बताइन्।
उनले एक–दुई डडेल्धुरामा बस्ने त्यसपछि चिसापानी जाने बताइन्। उनले भनिन्, ‘नेपाल धेरै नै राम्रो लाग्यो। यहाँ संस्कार पनि उत्तिकै राम्रो रहेछ।’ साहुँखर्क, मेलखर्क र हगुल्टे लेक क्षेत्रमा हिउँ खेल्नको लागि दैनिक ३००–४०० जना आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्।
यसवर्ष डडेल्धुरासहित सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लामा दोस्रो पटक भारी हिमपात भएको छ। हगुल्टे लेकसहित डडेल्धुरा सदरमुकाम र बैतडीमा तीन फिटभन्दा बढी हिउँ परेको थियो। धनगढीबाट १२५ किलोमिटरको पक्की सडकको यात्रा गरेपछि हिउँ हेर्न पाइन्छ। अहिले भ्रमण वर्षसमेत चलिरहेको अवस्थामा सुदूरपश्चिम घुम्न आउने भारतीय पर्यटकको संख्या बढ्दै गइरहेको छ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।