एजेन्सी- चीनले हङ्कङ मामिला हेर्ने प्रमुख अधिकारीलाई पदमुक्त गरेको छ। चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार वाङ जमिन पदमुक्त भएका हुन्।
उनी हङ्कङका लागि बेङजिङको सम्पर्क कार्यालयका निर्देशक थिए। सिन्ह्वा समाचार संस्थाका अनुसार वाङको स्थानमा उत्तरी प्रान्त शान्शीमा चिनियाँ कम्युनिस्ट पार्टीका सचिव रहेका लू हुइनिङलाई नियुक्त गरिएको छ।
छ महिनादेखि प्रजातन्त्रपक्षधरहरुले हङ्कङमा आन्दोलन चर्काएपछि चीनले उनलाई पदबाट हटाएको हो। हङ्कङमा जारी आन्दोलनप्रति चीनले आपत्ति जनाउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।