एजेन्सी- गायक तथा अभिनेता डोनी वहलबर्गले नयाँ वर्षको अवसरमा एक रेस्टुँराका वेटरलाई २०२० डलर 'टिप' दिएका छन्। उनकी श्रीमती जेनीले फोटो सेयर गर्दै याे जानकारी गराएकी हुन्।
फोटोमा उल्लेख भए अनुसार डोनीले ७८ डलरकाे बिलमा २०२० डलर टिप दिएका छन्।
जेनी र डोनी नयाँ वर्ष मनाउन मिशिगनको एक रेस्टुरेन्टमा गएका थिए। त्यहाँ दुवैले करिब ७८ डलरकाे खाना खाए र वेटरलाई २०२० डलर टिप दिए।
उनीहरुले बिलमा नँया वर्षकाे शुभकामना लेखेर ट्विट गरेका छन्।
यस्तो ठूलो टिप पाएपछि वेटर डेनियल फ्रान्जोनी खुसी छन्।
.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।