एजेन्सी- दीपिका पादुकोणको रिलीजको तयारीमा रहेकाे फिल्म 'छपक'मा केही अभिनेत्रीहरुलाई प्रस्ताव गरिएकाे थियाे। तर, उनीहरुले याे फिल्म खेल्न चाहेनन्।
कंगना, अनुष्का र प्रियंकालाई पनि प्रस्ताव गरिएकाे थियाे।
ऐश्वर्या राय बच्चनले पनि यसकाे कथामा चासो देखाइनन्। ऐश्वर्या कुरूप देखिन चाहन्नथिन्। त्यसैले उनले छपकको स्क्रिप्ट अस्वीकार गरिकी थिइन्।
रिलीज हुनुभन्दा अघि नै छपक कानुनी जालमा फसेकाे छ। एक फिल्म निर्माताले दीपिका र फिल्म निर्देशक मेघना गुलजारलगायत ११ जनालाई कानुनी नोटिस पठाएका छन्। फिल्म निर्माताले स्क्रिप्ट चोरी गरेको आरोप लगाएका छन्। राकेश भारतीले फिल्मको प्रोमो हेरेपछि भनेका छन् 'छपक' उनको स्क्रिप्टमा आधारित छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।