सांकेतिक तस्बिर
एजेन्सी- इराकी सेनाले राजधानी बगदादलगायत केही क्षेत्रमा रकेट आक्रमण भएको जनाएकाे छ। रकेट आक्रमण अमेरिकी दूतावास नजिकैको ग्रीन जोन, बगदादको नजिक जदरिया र अमेरिकी सुरक्षा बलको बलाद एयरबेसमा भएका हुन्।
सेनाले आक्रमणमा मानवीय क्षति नभएकाे जनाएकाे छ। इरान समर्थित मिलिशिया लडाकुहरुले विगत केही हप्तादेखि यस्तो आक्रमण गरिरहेका छन्। अमेरिकी आक्रमणमा इरानका कमाण्डर कासिल सुलेमानी मारिएपछि याे तनाव बढेको छ।
कताइब हिजबुल्लाह मिलिशियाले एक विज्ञप्ति जारी गरेर इरानी सेनालाई आइतबार साँझसम्म अमेरिकी अड्डाबाट कम्तिमा एक हजार मिटरपछि हट्न आग्रह गरेको छ।
इराकी प्रहरीले भने जादारियामा एक मिसाइल हमलामा ५ जना घाइते भएकाे जनाएकाे छ। अर्कोतर्फ समाचार एजेन्सी रोयटर्सले इराकी सेनालाई उदृत गर्दै रकेटहरू ग्रीन जोनको नजिकै जादारिया र अमेरिकी सुरक्षा बलको बलाद एयरबेसमा खसालेकाे जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।