• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ २५, २०८३ Mon, Jun 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

सिरिया युद्ध : नौ वर्षमा ३ लाख ८० हजारको मृत्यु

64x64
नेपाल लाइभ शनिबार, पुस १९, २०७६  २१:२१
1140x725

बेरूत- सिरियामा नौ वर्षदेखि जारी युद्धमा मृत्यु हुनेको सङ्ख्या तीन लाख ८० हजार पुगेको र तीमध्ये एक लाख १५ हजार युद्धमा सहभागी नरहेका नागरिक रहेको युद्ध अनुगमनकारी सिरियाली मानवअधिकारवादी समूहले शनिबार सार्वजनिक नयाँ तथ्याङ्कमा उल्लेख गरेको छ।

‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ का अनुसार मारिनेमा २२ हजार बालबालिका र १३ हजार महिला रहेका छ।

सिरियाको दक्षिणी सहर दारामा सन् २०११ को मार्च १५ देखि सुरू भएको सरकारविरोधी आन्दोलनले पछि सिरियाले कल्पना नगरेको गृहयुद्धमा पुगेको हो। सिरियाली राष्ट्रपति बसर अल-असद विरोधी आन्दोलनलाई सरकारले कडारूपमा दबाउन खोजेपछि चारैतिर सशस्त्र द्वन्द्व चर्किएको थियो। जसका कारण सिरियालगायत छिमेकी जिहादी समूह र विश्व समुदायको पनि त्यहाँ प्रवेश भएको थियो।

सिरियामा जारी द्वन्द्वका कारण करिब एक करोड ३० लाख सिरियाली नागरिक आन्तरिक वा बाह्यरूपमा विस्थापित भएका उक्त संस्थाको तथ्याङ्क रहेको छ। युद्धका कारण सिरियामा अर्बों अमेरिकी डलर बराबरको भौतिक संरचना नष्ट भएका छन्।

सरकारी तथा गैरसरकारी समूहतर्फ गरी जम्मा एक लाख २८ हजार सुरक्षाकर्मी वा लडाकू मारिएका पछिल्लो तथ्याङ्कमा उल्लेख गरिएको छ। मारिनेमा आधाभन्दा बढी सिरियाली सैनिक रहेको बताइएको छ भने एक हजार ६ सय ८२ जना लेबनानी सिया समूह (हेजबुल्लाह) का सदस्य रहेका बताइएको छ। हेजबुल्लाह समूहले सिरियामा सन् २०१३ देखि लड्दै आएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

सिरियाको युद्धका कारण ६९ हजार विपक्षी समूह मानिने इस्लामिक तथा कुर्दिस नेतृत्वका लडाकू पनि मारिएको विभिन्न मानव अधिकारवादी समूहले बताएका छन्। युद्धमा ६७ हजारभन्दा बढी इस्लामिक स्टेट (आइएस) समूह र हायत तहरिर अल-साम (एचटीएस)सँग सम्बन्धित जिहादी लडाकूहरू रहेका उल्लेख छ। उक्त समूह सिरियामा मजबुत सङ्ठन बनाएको पूर्व अल कायदा समूहसँग सम्बन्धित रहेको छ। 

सिरियाली सरकारले नियन्त्रणमा लिई जेलमा दिइएका यातनाका कारण ८८ हजार व्यक्तिले ज्यान गुमाएका र युद्धका क्रममा विभिन्न समूहले अपहरण गरी हजारौं व्यक्ति, सेना र लडाकूलाई बेपत्ता पारिएको छ।

रूस र इरानको बलियो समर्थन पाएका सिरियाली राष्ट्रपति अल-असदको सरकारले पछिल्लो समय झण्डै दुई तिहाई क्षेत्रमा नियन्त्रण जमाएको छ। अल–असदको सेनाले विपक्षी समूह र जिहादी समुदायमाथि सन् २०१५ सम्ममा श्रृङ्खलाबद्ध विजय हाँसिल गरेपछि सरकारले देशका अधिकांश भागलाई नियन्त्रणमा लिन सफल भएको थियो तर टर्कीले सिरियाली सीमा क्षेत्रमा काटेर टर्की विरोधि सिरियाली समूहमाथि धावा बोलेपछि रूस,टर्की र इरानको मुख्य पहलमा राष्ट्रसङ्घको मध्यस्थतामा सिरियाली सेनाले टर्की क्षेत्रलाई पनि हेर्ने गरी सन् २०१९ मा सहमति भएअनुसार अहिले सिरियाली सरकारको उपस्थिति टर्कीको सीमा क्षेत्रमा पनि पुगेको छ।

तर सिरियाका कतिपय क्षेत्रहरूमा अझै पनि सरकारको उपस्थिति रहेको छैन। सिरियाको विपक्षी समूहको प्रभाव क्षेत्र मानिने इदलिब प्रान्तमा अहिले पनि सिरियाली जिहादी समूह एचटीएसको नियन्त्रणमा रहेको छ।

सिरियाको इदलिबमा सरकारले सन् २०१९ को डिसेम्बर १९ पछि निर्णायक सुरक्षा कारबाही भन्दै चलाएको अभियानका कारण यस क्षेत्रबाट अहिलेसम्म विस्थापित हुनेको सङ्ख्या दुई लाख ८४ हजार पुगेको संयुक्त राष्ट्रसंघ र मानवअधिकारवादी संगठनहरूले बताएका छन्।

सिरियाको सुदूरपूर्व (जसलाई पेट्रोलियम पदार्थको उत्पादनका लागि सम्पन्न मानिन्छ) मा अमेरिकी सेनाको अहिले पनि उपस्थिति रहँदै आएको छ। सिरिया युद्धका कारण उक्त मुलुकको अर्थतन्त्रलाई तीन दशक पछाडि धकेलेको अनुमान सिरियाबारे अध्ययन गर्दै आएका राजनीतिक तथा आर्थिक विश्लेषकहरूले बताउने गरेका छन्।

सिरियामा अर्थतन्त्रका लागि महत्व राख्ने तेल, कोइला तथा अन्य खानी र विद्युत निर्माणका लागि बनाइएका धेरै भौतिक संरचनाहरूमा आंशिक वा पूर्ण क्षति भएका कारण तिनले आफ्नो उत्पादनलाई सञ्चालन गर्न सकेका छैनन्। -रासस

प्रकाशित मिति: शनिबार, पुस १९, २०७६  २१:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रदेश र पालिकालाई कति अनुदान ? [सूचीसहित]
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही
बजेटले सही दिशा समातेको छ,  कार्यान्वयन निर्णायक हुन्छः  अध्यक्ष श्रेष्ठ
सम्बन्धित सामग्री
इजरायलको हमलापछि तेहरानको हवाई क्षेत्र बन्द इजरायली सेनाले दाबी गरेअनुसार अधिकांश मिसाइलहरूलाई बिचमै नष्ट गरिएको थियो। यद्यपि उत्तरी इजरायलमा धेरै विष्फोटका आवाजहरू सुनिएका थिए... सोमबार, जेठ २५, २०८३
दूषित खानाले वार्षिक १५ लाखको मृत्यु : विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार पाँच वर्षमुनिका बालबालिकाहरू दूषित खानाबाट हुने रोगको उच्च जोखिममा छन् । विश्व जनसङ्... आइतबार, जेठ २४, २०८३
दुई इरानी ड्रोनलाई गोली हानेर खसालेको अमेरिकाको दाबी 'आज पहिले मध्यपूर्वमा रहेका अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुजमा अन्तर्राष्ट्रिय समुद्री यातायातलाई खतरा पुर्‍याउने दुई इरानी ड्रोनहर... आइतबार, जेठ २४, २०८३
ताजा समाचारसबै
प्रदेश र पालिकालाई कति अनुदान ? [सूचीसहित] सोमबार, जेठ २५, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
बजेटले सही दिशा समातेको छ,  कार्यान्वयन निर्णायक हुन्छः  अध्यक्ष श्रेष्ठ सोमबार, जेठ २५, २०८३
वीरगन्जका मेयर राजेशमानसहित ७ जनाविरुद्ध मुद्दा दायर सोमबार, जेठ २५, २०८३
अवैध असुलीको आरोपमा फरार रहेका तृणमूल कांग्रेसका नेता जहांगीर नेपाली सीमा नजिकबाट पक्राउ सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
लिपुलेक-लिम्पियाधुरा नेपालको भूमि भएकाले भारत-चीनबीच एकतर्फी सहमति स्वीकार्य हुँदैन : परराष्ट्र मन्त्री खनाल आइतबार, जेठ २४, २०८३
रास्वपा सभापतिले बोलाएको सर्वदलीय बैठकमा ओली, प्रचण्ड, गगन र हर्क चारै नेता गएनन् सोमबार, जेठ २५, २०८३
सुनको भाउ घट्यो, आज कतिमा हुँदै छ कारोबार ? आइतबार, जेठ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्